इटहरीमा दोस्रो परम्परागत खाना महोत्सव : आज गायिका टिका प्रसाई आउने

सुप्रिया राई

इटहरी । इटहरीमा दोस्रो इटहरी परम्परागत खाना महोत्सबको आज तेस्रो दिन महोत्सवमा मनोरञ्जन गराउनको लागी गायीका टिका प्रसाई आउने भएकी छिन् ।

  फागुन एघार गते सम्म हुने महोत्सवमा इटहरीको प्रथम नागरीक थारु समुदायको खाना घोगी,वगीया,माछा, तथा नेवारी समुदायको खाना यमरी,छोइला,सेकुवा,त्यसै गरी राइ धिमाल,लिम्वु,तामांग,गुरुङ लगायतको जातजातीको खानाहरुका साथै कलेजका विधार्थीहरु द्धारा तयार पारीएको  खानाहरु फुड फेष्टिवलमा  राखिएको छ ।

राष्ट्रीय तथा स्थानिय कलाकारहरु द्धारा मनोरञ्जन  गराइरहेको महोत्सवमा विषेस गरी लोपहुदै गरेका अर्गानिक जातिय खानाहरु प्रयोगमा ल्याएर स्वास्थ्य राम्रो वनाउने वालवालिकाहरुको स्वास्थ्य राम्रो वनाउन,वजारमा आएका औषधीजन्य वस्तुहरुको प्रयोगमा कमी ल्याउनको लागी पनि यो महोत्सव लगाइएको जील्ला होटल व्यवसायी सुनसरी तथा पर्यटन व्यवासायी सुनसरीका अध्यक्ष तेज वहादुर पुरीले जानकारी गराए ।

सुप्रिया राई
प्रतिक्रिया