पाठकको पुर्पुरो : वि.सं. २०८० फाल्गुण १० गते (तद्अनुसार सन् २०२४ फरवरी २२ तारिख) बिहीबार । आजको दिन सबै जातकका लागि शुभ रहोस्

फामिने ज्योतिष

 धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यात्रा सुखद रहला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – आजको दिन वादविवादमा परिने योग भएकाले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । विचारलाई तौलेर मात्र व्यक्त हितकर हुनेछ । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । अर्थअभावको अनुभूति होला । खर्च गर्दा विशेष सचेत रही फजुल खर्चबाट बच्ने प्रयत्न गर्नुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मीन – आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । तथापि, चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिने योग छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, ध्यान राख्नुहोला । प्रेमभाव र भ्रमणकार्य बढ्नेछ । आफन्तको साथ मिल्नेछ 

फामिने ज्योतिष
प्रतिक्रिया