फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता
धनकुटा । तरकारी खेति गरेर मनग्य आमम्दानी लिन सफल धनकुटा नगरपालिका वार्ड․नं․९ वेलाहारा सूर्यमुखि अर्धव्यवसायिक कृषक समुहका उपाध्यक्ष अगुवा कृषकका रुपमा परिचित मदन घिमिरेको छ रोपनि फराकिलो जमिनमा सेताम्मे घरहरु जस्तै देखिने आकर्षित लाईन मिलाएर रहर लाग्दो टनेलले ढाकिएको छ । चैत्र, बैसाखको उराठ लाग्दो दिनमा पनि टनेल भित्र लटरम्म फलेका टमाटर बेमौषममा पनि उत्तिकै रहरलाग्दो हराभरा देखिन्छ। उहाँको गोठमा दुईवटा उन्नत जातका दुहुना गाई पनि छन् । दैनिक २५ लिटर दुध पनि बेच्नुहुन्छ। घिमिरे विहान पाँच वजे नै गोठमा पुग्नु हुन्छ । गाई दुहुने र वारीमा लगाएको तरकारी खेतिमा सिंचाई, रोग किरा हेर्ने,गोडमेल गर्ने विरुवा लगाउने, टमाटर टिप्ने उहाँको दैनिकि रहेकोछ । २०६४र६५ सालबाट ब्यवसायिक रुपमा तरकारी खेति गर्दै आउनु भएका मदन घिमिरेको परिवारमा सामान्य घर खर्च चलाउन छोराछोरी पढाउन र औषधि उपचार गर्न मात्र पुग्दै आएको थियो।
२०७६ सालबाट “समृद्धि” आयोजना सँग आवद्ध भए पछि आयोजनाले ग्रामीण स्तरमा रहेका जनतालाई कृषि तथा गैह्र कृषि क्षेत्रमा व्यवसाय प्रवर्द्धन गर्न टेवा पुर्याउने उद्देश्यले २०७६ साल देखि धनकुटामा नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईफाड( को संयुक्त लगानीमा ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) सञ्चालित छ । “समृद्धि” को सहजीकरणमा तरकारी खेतिलाई प्रोत्साहन गर्नका लागि बेलहारामा सूर्यमुखि अर्धव्यवसायिक कृषक समुहको गठन भयो । आयोजना आउनु भन्दा अगाडि जालपादेवी कृषि सहकारी संस्थाका रुपमा समाहित उत्पादक कृषकहरु छुट्टा छुट्टै ३ समुहमा गठन भयो । थोरै लगानीमा निर्वाहमुखि तरकारी खेति गर्दै आउनु भएका मदन घिमिरे जब “समृद्धि” आयोजनामा आवद्ध हुनु भयो त्यसपछि उहाँले व्यवसायिक रुपमा फड्को मार्न सफल हुनुभयो ।
तरकारी उत्पादक किसान समुहहरुको व्यवसायिक प्रवर्द्धन गर्न “समृद्धि” आयोजनाले केही पुरक अनुदान सहयोग प्रदान गर्यो। जसमा पोखरी, टनेल, सिँचाइ पाइप, मगरासेट, गड्यौला, भर्मिक पिट, स्प्रे डोरी मल्चिङ्ग र प्राविधिक सेवा प्रदान गर्यो ।
घिमिरेले “समृद्धि” आयोजनाको सहलगानिमा दुईवटा टनेल, एउटा पोखरी निर्माण गर्नु भयो । १०÷६ का दुईवटा टनेल भित्र ५७६ बुटा टमाटरका विरुवा लगाउँदा एउटा बुटा बरावर १५ रुपयाँ खर्च लागेको र एक बुटामा ३ के․जि.का दरले फलेको र जम्मा १७२८ के․जि․ उत्पादन हुँदा रु․ ५०,०००र–पचास हजार आम्दानि भएको जसमा खर्च रु․ ८६४०÷–मात्र लागेको खर्च कटाएर खुद नाफा रु․४१३६०र– भएको थोरै लगानिमा राम्रो उत्पादन हुने, काम गर्न सहज, रोग किरा कम लाग्ने, विषाधिको प्रयोग कम, खुल्ला खेति भन्दा टनेल भित्रको खेति धेरै उपयुक्त र नाफा मूलक देखेर पुनस् कृषि ज्ञान केन्द्र संग सम्पर्क गरि ०७७र७८ मा ५०५ अनुदान रकममा कृषि ज्ञान केन्द्रले ३१ वटा टनेल वनाउने सामग्री उपलव्ध गराए पछि जम्मा निमार्ण लागत सहित २१ लाख बरावरको ३० वटा टनेल निर्माण गरि समृद्धि आयोजनाका २ वटा सहित जम्मा ३२ वटा टनेल ६ रोपनि जमिनमा वनाए पनि एउटा टनेल भत्किएर हाल ३१ वटा टनेलमा उहाँले टमाटर खेति गर्नु भएको छ । बार्षिक रुपमा २५ हजार क्वइन्टल टमाटर उत्पादन हुन्छ, भने बार्षिक आम्दानि १२ लाख, खर्च कटाएर बार्षिक रुपमा वचत ५ देखि ६ लाख हुने गरेको उहाँले बताउनु भयो । घिमिरे भन्नु हुन्छ थोरै लगानिमा धेरै नाफा लिन सकिने रहेछ। रु․ ५०,०००।⁻ खर्च गर्दा २५०,०००।⁻ सम्म आम्दानि गर्न सकिने रहेछ।खुल्ला खेति भन्दा टनेल खेतिले किसानलाई धेरै माथि उकास्ने रहेछ । खुल्ला खेति गर्दा रोग किराहरु बढी लाग्ने झरिवादले विगार्ने हुन्थ्यो भने टनेल खेति भित्र त्यस्तो कुनै समस्या पनि नहुने समयको पनि बचत अन्य काम गर्न पनि भ्याईने।“समृद्धि” आयोजनाले गर्दा नै मैले यो सिकाई प्राप्त गरेको हुँ आयोजनाले मेरो आँखा खोलि दियो । त्यति मात्र हैन “समृद्धि” आयोजनाले एक के․जी․ गड्यौला, दिएको थियो त्यसलाई मैले सहि सदुपयोग गरे अर्को एक केजि पनि कृषि ज्ञान केन्द्र बाट थपेर जम्मा दुई के․जी․ गड्यौलाबाट मल उत्पादन गरेर टमाटर खेतिमा रासायनिक मलको कम प्रयोग भएको र २०,०००।–९विस हजार० को विक्रि पनि गरेको छु।साथिभाईहरुबाट माग भईरहेको छ, हामी स्वस्थ रहनु पर्छ भने प्राङगारिक मलमा जानु पर्छ भनेर भनिरहेको छु । मल कसरी बनाउने रु रोग किराहरु कसरी नियन्त्रण गर्ने रु कुन कुन जातका तरकारी लगाउने रु बेर्ना कतिवेला लगाउने रु जस्ता कुराहरु अरुलाई पनि सिकाउने गर्नु हुन्छ। समृद्धि आयोजनाकै हौसला सहयोग र सिकाइले गर्दा अगुवा कृषकको रुपमा परिचत हुन सफलहुनु भएको र अरुलाई पनि सेवा दिँदै आउनु भएकोले सेवा प्रदायकको रुपमा समृद्धि आयोजना सँग आबद्ध हुनुभएको छ ।
आज भन्दा ६⁄७ बर्ष अगाडि गाडिको सुविधा थिएन उहाँले उत्पादन गरेको टमाटर डोकोमा बोकेर ७ किलो मिटर तल गुठीटारमा लगेर बेच्नु पर्थ्यो । अहिले भने सामुहिक बजार संचालनमा छ टमाटर लिनलाई गाडि उत्पादित क्षेत्रमै पुग्छ । व्यापारी बाबु काफ्लेले सामुहिक संकलन केन्द्र मार्फत ईटहरी लाने गरेको र वाँकि ८०⁄९० कुइन्टल लोकल बजारमा पनि बिक्रि हुनेगरेको उहाँ बताउनु हुन्छ।
आफ्नै भूमिमा केहि गरौ भन्ने उत्साह र मिहिनेतका साथ अगाडि बढ्नु भएका मदन घिमिरे समृद्धि आयोजनाले देखाएको बाटोमा केहि हुन्छ केहि गर्न सकिन्छ भन्ने इच्छा शक्ति बोकेर अगाडि बढ्दै जाँदा आज उहाँको व्यवसायिक तरकारी खेति नमुना योग्य भएको छ । कृषि सम्वन्धि धेरै ज्ञान र अनुभव बटुल्नु भएका घिमिरे आगामि दिनमा आफुले ब्यवसायलाई अझ सुदृढ बनाएर प्रवर्धन गर्दै आधुनिक तरीकाले अघि बढ्ने सोचमा हुनुहुन्छ। “समृद्धि” आयोजनाबाट संचालित ६ दिने माटो जाँचको तालिम प्राप्त गरे पछि उहाँमा अझ जोस जाँगर थपिएको देखिन्छ।आयोजनाकै प्रेरणाले गर्दा वेलाहारामा भएका समृद्धि संग आवद् समुह सहकारी व्यावसायिक तरकारी खेतीतर्फ आर्कषित भएका छन । व्यावसायिक रुपमा तरकारी खेती गर्न, आयोजनाले नै सिकायो घिमिरे भन्नुहुन्छ ।
आर्थिक विकास सहजकर्ता लक्ष्मी घिमिरेको सहयोगमा तयार पारिएको सामग्री
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो