इटहरी । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा धनकुटाको बसर्पाक स्थित सहिद स्तम्भमा नेपाल टेड युनियन कांग्रेस धनकुटाले दिपावली कार्यक्रमको आयोजना गरी शुभ कामना व्यक्त गरेको छ ।
सो अवसरमा कार्यक्रमका प्रमुख अथिति नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव तथा नेपाल टे«ड युनियन कांग्रेसका पूर्व राष्टिय प्रतिनिधि विजय सन्तोषी राईले कार्यक्रमको उद्घाटन गर्दै श्रम शक्तिनै राष्टिय शक्ति भएकोले श्रमिकलाई उचित सम्मान गरी राष्ट निर्माणमा लगाउनु पर्नेमा जोड दिए ।
धनकुटा वसपार्क स्थित सहिद स्तम्भ परिषरमा नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रिय सदस्य विगेन्द्र याक्खा,नेपाल शिक्षक संघका पूर्व प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना,नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बुले संयुक्त रुपमा दिप प्रज्वलित गरी दिपावलीको शुभारम्भ गर्नु गरेका थिए ।
नेपाल टे«ड युनियन कांग्रेस धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको दिपावली सहितको शुभ कामना कार्यक्रमको उदेश्यमाथि उपाध्यक्ष दिवस थापाले प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन सचिव ज्ञान मञ्जरी न्यौपानेले गरेेका थिए ।
सो अवसरमा टे«ड युनियन कांग्रेस धनकुटाका उपाध्यक्ष रत्ना लिम्बु,नेपाल शक्षक महासंघ धनकुटाका सचिव घनेन्द्र सुब्बा, सहसचिव दिपेन्द्र राई,सदस्यहरु नर्वदा लिम्बु,इश्वरी सुवेदी,नेपाल शिक्षक संघ धनकुटका सचिवहरु रोहणी पाण्डे,भोला भट्टराई,नेपाल शिक्षक संघ धनकुटा नगर सचिव बिनोद सुवेदी सदस्यहरु रामचन्द्र अधिकारी, विकाश श्रेष्ठ, धन खुलाल राई,नेपाल लोकतान्त्रिक अपाङ्ग संघ धनकुटाका अध्यक्ष प्रेम तुम्वाहाङ्ग नेपाल पत्रकार महासंघका प्रदेश कार्य समितिका पूर्व उपाध्यक्ष स्मिता निरौला,धनकुटाका सचिव हरी वहादुर लम्जेल,प्रेस सेन्टरका सचिव बिपिन दाहाल लगायतले श्रमीक दिवसको महत्वको वारेमा प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो