दमक । दमकस्थित एक विद्यालयको निजी जग्गामाथि मिचेर बनाइएका संरचना हटाएर फिर्ता ल्याउने प्रतिबद्धता जनाइएको छ । सरस्वती माध्यमिक विद्यालयको नवनिर्वाचित व्यवस्थापन समितिको पदभार ग्रहण कार्यक्रममा सो कुरा बताइएको छ ।
४ अगाडि अभिभावक भेलामार्फत कात्तिक ३० मा भएको निर्वाचनबाट निर्वाचित सो समितिले शुक्रबार पदभार ग्रहण गरेको हो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा यसअघिकै अध्यक्ष तथा सामाजिक व्यक्तित्व रेवतराज (गगन) पुरीलाई निर्वाचित गरिएको छ । उनले विद्यालयको भौतिक पूर्वाधार तथा गुणस्तरीय शिक्षाको सवालमा महत्वपूर्ण काम हुने र विद्यालयको नाममा रहेको करिब १३ विगाह जग्गा धेरै हडपीएको अवस्थामा त्यसलाई फिर्ता गरी उचित व्यवस्थापनका साथ उपयोग गर्दै विद्यालयको आर्थिक स्रोत जुटाउने प्रण पनि गरेका छन् । यसपटकको विद्यालय व्यवस्थापन समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक सिताराम ढकाल, पदेन सदस्यमा दमक–९ का वडाध्यक्ष तथा नगरपालिका शिक्षा समिति अध्यक्ष कुवेर प्रसाद भट्टराई, शिक्षक प्रतिनिधि योगेन्द्र प्रसाद आचार्य र सदस्यहरुमा क्रमशः रमेश रिजाल, सोम बहादुर तामाङ, इन्दिरा भण्डारी, सपना विश्वकर्मा र धनकुमारी अधिकारी रहेका छन् ।
समितिका अध्यक्ष रेवतराज (गगन) पुरीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि रेगिना भट्टराई प्रसाईले शिक्षाको राम्रो विकास गर्न सक्यो र शैक्षिक गुणस्तर कायम गरेर जनशक्ति उत्पादन गर्न सकेको खण्डमा देशका विभिन्न जिम्मेवार ठाउँमा उनीहरुलाई पु¥याउन सकिने बताईन । उनले आफुले अन्तर पालिका कार्यक्रममा गएका बखत यस्ता नमूनाहरु धेरै जिल्लामा देखेको सुनाईन ।
विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै भट्टराइले सरकारी तथा गैरसरकारी तहका विभिन्न निकायमा पुगेका व्यक्तिहरुको सुक्ष्म अध्ययन गर्ने हो भने त्यसको धरालत विद्यालय मै आएर ठोकिने बताईन । राजनीतिक हिसाबले यो ठाउँमा अन्य दलबाट समेत आउने सक्ने स्थितिलाई बिर्सिएर एउटा सामाजिक व्यक्तित्वको कारणले पुरीजीलाई यहाँका अभिभावक, समाजले दिएको जिम्मेवारी दिएर पुनः यस विद्यालयको अध्यक्षमा चयन गरेको स्मरण गराईन । उनले भनिन–यो ठाउँमा एउटा परिवर्तनको अभास दिँदै दलभन्दा माथि उठेर काम गर्ने व्यक्ति छनौट गर्न सक्ने हैसियत समाजमा स्थापित भएकोमा खुशी लागेको बताईन । सरस्वती मावि अन्य स्कुल भन्दा अलि फरक रहेको र यहाँ फरक क्षमता भएका अटिजम र दृष्टिविहिन बच्चाहरु भएको स्कुलमा शैक्षिक गुणस्तर र शैक्षिक पूर्वाधारका कामहरु नतिजामुखी बन्नुपर्ने औंल्याईन ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरीले हिजोको सिकाईबाट पाठक सिकेर सबैका सल्लाह र सुझावका आधारमा विद्यालयलाई नमूना विद्यालय बनाउने उद्देश्यका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अभिभावक भेलाबाट समिति चयनका क्रममा विद्यालय बनाउने सोच र चिन्तनका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा आउँदाको क्षण निकै खुशीको क्षण रहेको उनले बताए । विद्यालयप्रतिको चिन्ता र चासोका साथ उत्रिएका उम्मेदवारमध्ये आधाभन्दा बढी महिलाहरुको सहभागिता अर्को खुशीको कुरा रहेको बताए । सामुदायिक विद्यालयको विकासका निम्ति अभिभावकहरु जागरुक नहुञ्जेल विद्यालयको उनन्यन हुन नसक्ने जिकिर पनि उनले गरे । उनले सो कार्यक्रममा बोल्दै विद्यालयको जमिन मिचेर संरचना बनाउनेको संख्या धेरै रहेको र एउटा विद्यालयलाई बल्ल हटाइसकेको र अन्य व्यक्तिहरुले मिचेका जमिनमा अब विद्यालयको मातहतमा ल्याएरै छाड्ने प्रतिबद्धता पनि व्यक्त गर्दै सम्बद्ध सबैलाई सहयोग गर्न आग्रह पनि गरे । उनले विद्यालयको जमिनमा अटिजम रिसर्च सेन्टर खोल्ने प्रयत्न भईरहेको र दमकमा तरकारी बजारको अभावलाई पुर्ति गर्न तरकारी बजार खोल्ने सकिएको खण्डमा दमकबासी आवश्यकता पुर्ति हुँदै जाने र विद्यालयको आम्दानीका स्रोतहरु बढेर जाने भएकाले यि लगायनका विद्यालयका संरचना निर्माणको चुनौति र अवसर लिएर उभिएको पनि उनले बताए ।
विशिष्ठ अतिथि दमक नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत सोमनाथ गुरागाईले व्यवस्थापन समितिले अघिल्लो कार्यकालमा गरेका बाचा र अहिलेको समितिको जिम्मेवारीको बारेमा बोलेका थिए । उनले अहिले निर्वाचित पदाधिकारीको घाटीमा खादा होइन त्यो एउटा जिम्मेवारीको भारी बोकाईको अर्थमा लिनुपर्ने औंल्याए । उनले शैक्षिक क्यालेण्डर बनाएर शुक्रबारलाई परिक्षाको बार बनाएर कुनै उत्सव आएमा बिदा लिएर घरमा बस्ने होइन त्यो विषयमा विद्यार्थीलाई जानकारी गराउन कुनै कार्यक्रमको आयोजना गर्न सुझाव दिए ।
शिक्षा समिति संयोजक तथा वडा नं. ९ का वडाअध्यक्ष कुवेर प्रसाद भट्टराई, पूर्व विद्यार्थी समाजका अध्यक्ष प्रेम कुवर, शिक्षक, कर्मचारी, समाजिक व्यक्तित्वहरु, सञ्चारकर्मीलगायतका उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन विद्यालया प्रधानाध्यापक सिताराम ढकालले गरेका थिए ।
२०२४ सालमा स्थापित भएको सो विद्यालयले कम्प्युटरसहितको प्राविधिक शिक्षामार्फ समेत विद्यार्थीलाई जोडेर आयआर्जन गर्न सक्ने क्षमतावान र दक्ष बनाउने उद्देश्य लिएर अध्ययन अध्यापन गराईरहेको छ । लगभग १ हजार विद्यार्थी रहेको सो विद्यालयमा झण्डै २ दर्जन दृष्टिविहिन विद्यार्थीले अध्ययन गरिरहेका छन भने ४५ बढी अटिजमका विद्यार्थी अध्ययन गरिरहेका छन् ।
दमक । झापाको दमक–९ स्थित सरस्वती माध्यमिक विद्यालयको नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिको पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा नवनिर्वाचित, मनोनित तथा पदेन रुपमा विव्यसमा पर्ने सफल भएका जिम्मेवार व्यक्तित्वहरुलाई बधाई दिनुका साथै अविर टीका लगाउँदै खादाले सम्मान गरी जिम्मेवारी हस्तान्तरण गरिएको छ । विद्यालयको विशेष शिक्षा कक्षाको सभाहलमा भएको कार्यक्रममा उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिका उप–प्रमुख रेगिना भट्टराई प्रसाईले समितिको माइन्यूट खाता समेत जिम्मा दिँदै प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नेगरी काम गर्न आग्रह गरिन् ।
गएको कार्तिक ३० गते नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा यसअघिकै अध्यक्ष तथा सामाजिक राजनीतिक व्यक्तित्व रेवतराज (गगन) पुरीले जिम्मेवारी पाएका छन् । उनी सो पदमा दोहोरिएपछि विद्यालयको भौतिक पूर्वाधार तथा गुणस्तरीय शिक्षाको सवालमा महत्वपूर्ण काम हुने र विद्यालयको नाममा रहेको १३ विगाह जति जग्गाको उचित उपयोग भइ आर्थिक स्रोतको आधार तयार हुने अपेक्षा गरिएको छ । यसपटकको विद्यालय व्यवस्थापन समितिमा सचिवका रुपमा प्रधानाध्यापक सिताराम ढकाल, पदेन सदस्यमा दमक–९ का वडाध्यक्ष तथा नगरपालिका शिक्षा समिति अध्यक्ष कुवेर प्रसाद भट्टराई, शिक्षक प्रतिनिधि योगेन्द्र प्रसाद आचार्य र सदस्यहरुमा क्रमशः रमेश रिजाल, सोम बहादुर तामाङ, इन्दिरा भण्डारी, सपना विश्वकर्मा र धनकुमारी अधिकारी रहेका छन् ।
दमक नगर उप–प्रमुख भट्टराईले सामुदायिक विद्यालयका रुपमा रहेको सरस्वती मा.वि. पुरानो र इतिहास बोेकेको साथै नगरको केन्द्र भागमा रहेको विद्यालय भएकोले पनि नमुना विद्यालयका रुपमा विकास गर्न सकिने संभावना बोकेको विद्यालयका रुपमा रहेको बताइन् । उनले दमक नगरपालिकाले सामुदायिक विद्यालयका स्तरोन्नतिका लागि नगरपालिकाले हरसम्भव सहयोग, प्रयास र सहकार्य गर्ने र गरिरहेको पनि जानकारी गराइन् । प्रतिवद्धता मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दोहोरिएर जिम्मेवारी प्राप्त गरेका गगन पुरीले सरस्वती माविलाई सबै अभिभावकहरुको अपनत्व हुने गरी विकास र निर्माणका लागि गुणस्तरीय शिक्षा र मानव संशाधन विकास गर्ने कुरामा स्थानीय स्तरदेखि केन्द्र सम्मनै आफूले पहुँचका साथ काम गर्ने प्रतिवद्धता जाहेर गरे ।
विव्यस अध्यक्ष पुरीले विद्यालयको पूर्वाधार निर्माण र विकासका लागि भारतीय दूतावासमा साढे २८ करोडको योजना विस्तृत परियोजना प्रतिवेदन तयार गरी पेश गरेको, दमक–८ मा रहेको अर्गानिक बजारको उत्तरमा रहेको विद्यालयको जग्गामा सब्जी मण्डी राखी सोही ठाउँमा उपयुक्त भवन बनाएर अटिजम अनुसन्धान केन्द्र स्थापना गर्ने र विभिन्न ठाउँमा छरिएर रहेको विद्यालयका जग्गा र त्यसमा बनेका भौतिक संरचनाहरुलाई उचित सदुपयोग गरी आम्दानीको स्रोतको रुपमा विकास गर्ने योजना रहेको कुरा सुनाए ।
दमक नगरपालिकाका शिक्षा अधिकृत सोमनाथ गुरागाईले विद्यालय व्यवस्थापन समितिमा अभिभावकको तहबाट जिम्मेवारी पाउनेहरुले स्वयंसेवकको रुपमा काम गर्नुपर्ने बताउँदै यस्तो जिम्मेवारी वहन गर्दा सहजता भन्दा पनि बढी चुनौती र अपजसको सामना गर्नुपर्ने हुँदा यो कठिन कार्य भएकाले चनाखो भएर काम गर्न सुझाव दिए । उनले दमक नगरपालिकाभरिमा ३२ हजार ८० जना विद्यार्थीहरु विद्यालय तहमा अध्ययनरत रहेकोमा ७० प्रतिशत विद्यार्थी निजी संस्थागत विद्यालयमा रहेको तथ्यांक प्रस्तुत गर्दै यस्तो किन भयो भन्ने कुराको वोध गरेर सामुदायिक विद्यालयका सरोकारवालाहरुले अघि बढ्नुपर्ने र शिक्षकहरुले पनि सोही अनुसार कार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।
सोही विद्यालयका पूर्व विद्यार्थी समाजका अध्यक्ष प्रेम कुँवरले विद्यालयको वृहत्तर हितका लागि देश विदेशमा रहेका पूर्व विद्यार्थीहरुसँग पनि सहकार्य र समन्वय गरी अघि बढन सके त्यसबाट सहयोग मिल्न सक्ने विश्वास व्यक्त गरे । विव्यस अध्यक्ष पुरीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य रमेश रिजालले स्वागत मन्तव्य र प्रधानाध्यापक सिताराम ढकालले कार्यक्रम संचालन गरेका थिए । सरस्वती माविमा प्राविधिक धार तर्फ कक्षा ९ देखि १२ सम्म कम्प्युटर ईन्जिनियरिङ र विशेष शिक्षाका रुपमा अटिजम भएका बालबालिकाहरुबा लागि विशेष शिक्षा समेत संचालन हुँदै आएको छ । कम्युटर ईन्जिनियरिङमा विद्यार्थीहरुको विशेष आकर्षण रहेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो