बेलबारी, । पूर्व – पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरीमा यात्रुवाहक बसले बिहीबार बिहान मोटरसाइकललाई ठक्कर दिँदा इटहरीकी मञ्जु कटुवालको निधन भएको छ ।
छोराको मोटरसाइकलमा बसेर पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १ ख ३३७२ नम्बरको बसले
बिहीबार विहानै ८ बजे ठक्कर दिँदा उक्त मोटरसाइकलमा सवार इटहरी–८ निवासी ४४ वर्षीया मञ्जु कटुवालको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा निधन भएको हो ।
कानेपोखरी गाउँपालिका ७ मा भएको सो दुर्घटनामा परी मृतकका छोरा २१ वर्षीया अमित कटुवाल घाइते भई उपचारका क्रममा रहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । उनका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका ८ की ४४ वर्षीया मञ्जु कटुवालको निधन भईसकेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएकी मञ्जुको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहान ९ः३० बजेतिर निधन भएको उनले बताए ।
दुर्घटना लगत्तै बस र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका २ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक आमा र छोरा विशेष कामले विहानै पूर्व तर्फ लागेको पारिवारिक स्रोतले बताएको छ । केही महिना अगाडि मात्र सो परिवारले एकजना छोरालाई दुर्घटनाबाटै गुमाइसकेको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो