फरवार्ड माइक्रोफाइनान्सले दियो अन्तिम संस्कारसहित मृत्यु दावीको बिमा रकम ११ लाख २५ हजार

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । फरवार्ड माइक्रोफाइनान्स लघु वित्तीय संस्था लिमिटेडले मृत्यु दावीको बिमा रकम हस्तान्तरण गरेको छ । दुहवी नगरपालिका वडा नं. ५ निवासी स्वर्गीय हरेराम साहका श्रीमती नितु साहलाई फरवार्डले मृत्यु दावीको बिमा रकम अन्तिम संस्कारको खर्चसहित ११ लाख २५ हजार हस्तान्तण गरेको छ ।

साहको निधन भएपछि उनका हकवाला श्रीमतीलाई दावी गरिएको उक्त रकमको चेक हस्तान्तरण पूर्व मन्त्री एवं सुनसरी ३ नम्बर क्षेत्र प्रतिनिधिसभा सदस्य भगवती चौधरीले सान्त्वना दिँदै बिमा रकमको सदुपयोग गर्न सुझाव समेत दिईन् । साहले फरवार्डमा ऋणको रकम डबल योजना अन्तर्गत बीमा गरेका थिए । ऋण लिएर बीमा गरेको ४ महिनापछि उनको निधन भएपछि मृत्यु दावी रकम सहित १ लाख २५ हार किरिया खर्च समेत भुक्तानी दिएको जनाइएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया