पछिल्लो समयमा देशभर आपराधिक गतिविधि बढेका छन् । झापा, मोरङ, सुनसरीलगायत देशभर यस्ता घटना भईरहेका छन् ।
झापामा कात्तिक १ देखि ८ गतेभित्रमा १७ जना बालिका तथा किशोरी हराएको हुलियासहितको परिपत्र प्रहरीले मातहतका युनिटमा जारी गरेको छ ।
हराउनेमा १२ जना बालिका र किशोरी रहेका छन् । त्यस्तै दुई बालक, दुई पुरुष र एक महिला पनि हराएका छन् । हराएकामध्ये तीन बालिका (किशोरीसमेत) र एक पुरुष बाहिर जिल्लाका हुन् । त्यसमध्ये तीन जना भेटिएको प्रहरीले जनाएको छ ।
शुक्रबार तीन किशोरी र एक महिलासहित चारजना बेपत्ता भएको प्रहरीमा निवेदन प¥यो । त्यसमध्ये दुईजना भेटिए भने दुईजना अहिलेसम्म सम्पर्कविहीन नै छन् ।
शुक्रवार बिहान ६ बजे मेचीनगर ४ आमडाँगी पशुपती टोल बस्ने जगन्नाथ गिरीकी छोरी १७ वर्षीया मनिका गिरी कोही कसैलाई नसोधी आफूखुसी घरबाट हिडेकी हुन् । उनी हालसम्म बेपत्ता भएपछि उनका बुवा जगन्नाथ गिरीले हिजो प्रहरी चौकी बाहुनडाँगीमा हुलियासहितको निवेदन दिएका छन् ।
त्यस्तै शुक्रवार दिउँसो १ बजे शिवसताक्षी नगरपालिका वडा नं.८ ढुङ्गेल चौक बस्ने कृष्णप्रसाद भण्डारीकी छोरी १६ वर्षीया दिक्षा भण्डारी घरमा कोही कसैलाई केही नभनी सम्पर्कबिहीन भएकी थिइन् । छरछिमेक तथा आफन्तसमेतमा खोजतलास गर्दा फेला नपरेपछि उनका बुवा कृष्णप्रसाद भण्डारीले हिजो इप्रका झिलझिलेमा हुलियासहितको निवेदन दिएका थिए । उनी गएराति भेटिएको प्रहरीले जनाएको छ ।
त्यस्तै हिजो दिउँसो ३ः३०बजे बुद्धशान्ति वडा नं. ३बुधबारे बजार बस्ने शिबजी गुप्ताकी छोरी १३ वर्षीया सन्ध्या गुप्ता साथीको घर जान्छु भनी हिडेकोमा सम्पर्कमा नआई बेपत्ता भएकी थिइन् । आफन्त तथा छरछिमेकमा समेत खोजतलास गर्दा फेला नपरेपछि प्रहरीमा निवेदन दिइएको थियो ।
खोजतलास गर्ने क्रममा गएराति १०.३० बजे मेचीनगर (६ मेचीडाँडा बस्ने २३ वर्षीय रबिन मगरको घरमा बसिरहेको अवस्थामा ती बालिकालाई फेला पारिएको छ । बालिकालाई उनका बुबाले बुझी लगेका छन् भने मगरलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।
त्यस्तै हिजो बाह्रदशी (५बस्ने प्रकाश राजवंशीकी श्रीमती बर्ष अन्दाजी २७की गीता राजवंशी घरमा कोही कसैलाई जानकारी नगराई आफूखुशी घरबाट हिडेर बेपत्ता भएकी छन् । जानसक्ने सम्भावित ठाउँमा खोजतलास गर्दासमेत फेला नपरेपछि उनका भाइ अर्जुन राईले इलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी गराएका छन् । उनको खोजतलास भइरहेको छ । गीताका श्रीमान प्रकाश बिदेशमा रहेका छन् ।
एकातिर जेनजी आन्दोलनका क्रममा हिरासतबाट भागेकाहरु अझै हजारौं बाहिरै घुमिरहेका, ५ सय बढी हातहतियार अझै बेपत्ता भएका र कतिपय जेलबाट भागेकाहरुले हत्या, हिंसामा संलग्न रही श्रीमति, आमाको हत्या गरेका समाचार पनि यही बीचमा आएको सन्दर्भमा सुरक्षा सम्वेदनशिलता अझै बढेको देखिन्छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो