बिर्तामोड । झापाको काँकरभिट्टाबाट नक्कली नोटसहित पक्राउ परेका गणेश भारतीले झापामा कोठा भाडामा लिएर नक्कली नोट छाप्ने गरेको प्रहरीले अनुन्धानबाट फेला पारेको छ । काँकरभिट्टास्थित नेपाल बैंक अगाडिबाट प्रहरीले गत जेठ १८ गते तेह्रथुम ओयाक्जुङ –५ का २८ वर्षीय भारतीलाई नक्कली एक लाख रुपैयाँसहित पक्राउ गरेको थियो ।
झापाको कनकाई नगरपालिका– ८ लक्ष्मीपुरमा कोठा भाडामा बस्दै आएका भारतीको साथबाट १ हजारका १ सय थान नक्कली नोट बरामत गरेको थियो ।
उक्त घटनामा झापा प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने क्रममा उनले नक्कली नोट आफैले छपाई गरी चलन गरेको खुलेको छ । प्रहरी निरीक्षक राज कुमार कार्की समेतको अनुसन्धान टोलीले लक्ष्मीपुरस्थित कोठामा खोजतलास गर्दा थप नक्कली नोटहरु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार विभिन्न दरका नेपाली नक्कली (खोटा मुद्रा) ५ लाख ३० हजार ६ सय ८० रुपैयाँ सहित नोट छाप्ने गरेको मेसिन थान, नोटमा प्रयोग हुने विभिन्न प्रकारका रंग लगायतका प्रमाणहरु बरामद गरिएको झापा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १ हजार दरका नक्कली (खोटा मुद्रा) ४७० थान, ५ सय दरका २८२ थान, १ सय दरका १९० थान, ५० दरका १२ थान र २० दरका ४ थान बरामद गरिएको छ ।
१ थान प्रिन्टीङ मेसिन, ३ थान मोवाईल, १ थान कैची, नोट बनाउन प्रयोग भएको कागज कपी २ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो