आजको पाठकको पुर्पुरो : वि.सं. २०८० ज्येष्ठ १७ गते (तद्अनुसार सन् २०२३ मे ३१ तारिख) बुधबार ज्येष्ठ शुक्ल पक्षको एकादशी तिथि

खगेन्द्र कार्की

मेष – कुनै नयाँ कामको थालनी गर्नका लागि दिन शुभदायी छ । काम गर्न जाँगर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति हुनेछ । सामान्य खर्च बढे पनि ब्यापार–ब्यवसायबाट लाभ मिल्ने देखिन्छ । आरोग्यता बढ्ला । इष्टमित्रको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – कसैसँग हल्का मनमुटाव हुन सक्छ, सचेत रहनुहोला । अनावश्यक रुपमा डरको भाव रहला । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा अचानक गडबडी आउने र चोटपटकको सम्भावना देखिन्छ, सावधानीका साथ व्यवहार गर्नुहोला । दौडधुप वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – ब्यस्तता बढ्नेछ । नियमित कर्ममा मन नलागे पनि कसैबाट आदर पाउने दिन छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । रसरागमा आकर्षण बढ्नेछ । आशा उत्साह बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – सोचेका काम पूरा भइ सुखको अनुभव हुने दिन छ । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखद रहला । कृषिकार्यबाट विशेष फाइदा लिन सकिनेछ । साहस वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आज परिवारमा सामान्य विवाद रहेपनि आकस्मिक लाभ हुने योग छ । मिष्ठान्न भोजको अवसर जुर्ला, तर खानपानमा सतर्कता अपनाउनु हितकर हुनेछ । कतै अतिथिका रूपमा सम्मान मिल्ने समय छ । धनबल बढ्नेछ । खेलकुद, भ्रमण, रसरागसम्बन्धी कर्ममा आकर्षण बढ्नेछ ।

कन्या – अल्छीपनले सताउला । स्वास्थ्यगत समस्या देखापर्न सक्छ । खानपानमा बिचार पुर्याउनु हितकर हुनेछ । कतिपय बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला, सचेत रहनुहोस् । शत्रुपक्ष हाबी हुनसक्ने भएकोले विवेकपूर्ण व्यवहार गर्नु हितकर हुनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

तुला – परिश्रमअनुसार राम्रै उपलब्धि होला । रोकिएको योजना पुनः सुरु हुन सक्छ । पाहुनाको आगमन हुने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । शुभ समाचार प्राप्त होला । मान–महत्व वृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – धन लाभ हुने र चिताएको काममा सफलता पाइने समय छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । परिवारबाट सुखको अनुभुति होला । आयबल बढ्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुने समय छ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – समाजिक सम्मान मिले पनि स्वास्थ्यगत समस्याले सताउन सक्छ । आजको दिन अनौठो तरिकाबाट आम्दानी हुनसक्छ । मनोरञ्जनपूर्ण यात्राको योग छ । कर्मबल बढ्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – आजको दिन खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । निरर्थक कुरामा धन खर्च हुने योग छ । स्वास्थ्यमा पनि सामान्य समस्या देखापर्न सक्छ । रसराग एवम् प्रेम सम्बन्धमा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

कुम्भ – आश मारेको काम पनि तपाईंको अथक प्रयासमा बन्ने समय छ । आफन्तएवम् मित्रजनसँग भेटघाटका साथै उनीहरूबाट सहयोग पनि प्राप्त होला । मन प्रफुल्ल हुनेछ । योजनाहरूले चाहिँ पूणैता नपाउन सक्छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।

मीन – नचिताएको टाउबाट आम्दानी हुने दिन छ । धन आर्जनका स्रोत खुल्नेछ । उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक सोचको विकास हुनेछ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया