पाठकको पुर्पुरो : वि.सं. २०८० फाल्गुण १५ गते (तद्अनुसार सन् २०२४ फरवरी २७ तारिख) मंगलबार । समस्त जातकका लागि आजको दिन शुभ रहोुस्

फामिने ज्योतिष

मेष – आजको दिन मन त्यसै-त्यसै उल्लसित रहला । आफन्तले काममा साथ दिनाले मन खुशी हुनेछ । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, तर काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – दिन खासै शुभदायी नरहला । आजको दिन विशेष तवरले हातहतियारबाट जोगिएर काम गर्नु हितकर हुनेछ । छरछिमेकसंग सामान्य मनमुटाव बढ्ने देखिन्छ । कुरा काटनेहरू बढ्नेछन् । ठूला व्यक्तिबाट पनि आलोचना हुन सक्छ । कसैसँग वादविवादको सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन्, सावधान रहनुहोला । प्रेमभाव बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

मिथुन – व्यस्तता बढ्नेछ । काममा झमेलाको सामना गर्नुपर्ने समय छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । जागीरमा पनि केही अल्छीपन वा समस्या देखापर्न सक्छ । राजनीतिमा बर्चस्व बढाउन सकिने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन सोचेको काम पूरा हुन सक्छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइलेखाइमा भने खासै मन नजाला । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पर्न सक्छ । आरोग्यता रहनेछ ।

सिंह – आर्थिक लाभ हुने दिन छ । प्रायः सबै कामहरू बन्नेछन् भने काममा साथ/सहयोग पनि पाइनेछ । आम्दानीको नयाँ श्रोत फेला पर्ने समय छ । भोजभतेरमा संलग्न भइ ठूला व्यक्तिको विश्वास लिन सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, भने ब्यापारमा पनि फाइदा होला । पारिवारिक सुख शांति बढ्नेछ ।

कन्या – आजको दिन केही चुनौतप्युक्त रहला । भाग्यले त्यत्ति साथ दिनेछैन । धननाश हुन सक्छ । विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुने सम्भावना रहेकोले सचेत रहनुहोला । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । काममा नजिकको नातेदारको साथ–समर्थन पाउने दिन छ । रुपैयाँपैसा तथा अन्नको लाभ हुने दिन छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । लगानी वृद्धि होला । साहसिक काममा आकर्षण बढ्नेछ । कार्य व्यपारमा सफलता प्राप्त होला ।

वृश्चिक – सोचेका काममा सफलता मिल्ने समय छ । धन आर्जनका मार्ग खुल्न सक्छ । दिन खुशी साथ बित्ने छ, परिवारमा पनि सुखको माहोल बन्ला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारिक सुख बढ्नेछ । रोकिएको काम बन्नेछ ।

धनु – कर्मबल बढ्नेछ । परिवारमा खुशीको माहोल छाउनेछ । नयाँ ठाउँमा यात्रा हुन सक्ने योग छ । दिन रमाइलो छ, पुराना साथीसंगको भेटघाटले मन हर्षित हुन सक्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ, धनआर्जनको योग पनि छ । रसरागको भाव बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन स्वास्थ्य केही कमजोर रहला । अर्थहानी हुन सक्छ । कुनै समाचारले खिन्नता पनि बढ्न सक्छ । सोचेअनुरुप काम नहोला । तथापि, कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । भएको दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – जोखिम बढ्ने दिन छ । दौडधुप वृद्धि हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला । अरुको काम धेरै गर्नु पर्ला जश भने कमै मिल्ने योग छ । काम गरेअनुसार फल कमै मिल्ने समय छ । अन्य हिसाबले दिन ठिकै छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – स्वास्थ्य सबल रहला । बन्दव्यापारबाट लाभ मिल्नेछ । नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । साहस बढ्नेछ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

फामिने ज्योतिष
प्रतिक्रिया