इटहरी घर जग्गा निर्माण फाउन्डेसनले भाेली (शनिबार) इटहरीस्थित राेयल रिसाेर्टमा ‘घर निर्माण महोत्सव’ काे आयाेजना गर्ने भएकाे छ। महोत्सव बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने फाउन्डेसनले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे हाे।
फाउन्डेसनका संस्थापक प्रसान्त प्रधानका अनुसार, महोत्सवको उद्देश्य नयाँ घर निर्माण तथा पुराना घरहरूको मर्मत र सचेतनाकाे सन्देश दिनु रहेको छ। साथै, घर निर्माणमा आधुनिक र परम्परागत डिजाइनको समायोजन, खाली ठाउँको उपयोग, बिजुली र हावापानीको व्यवस्थापनजस्ता विषयमा जनचेतना फैलाउने लक्ष्य लिइएको छ।
फाउन्डेसनका पूर्वी नेपाल साखा प्रमुख सुगन्ध मिस्रले पूर्वी क्षेत्रका प्रमुख सहरहरू—धरान, इटहरी, विराटनगर, दमक लगायतमा प्रविधिक ज्ञानको अभावका कारण घर निर्माणमा समस्या देखिएको बताए। यस्ता समस्या समाधान गर्न महोत्सवमार्फत विभिन्न जानकारी र सल्लाह उपलब्ध गराइने उनले उल्लेख गरे।
महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुविद्, उद्यमी, विद्यार्थी लगायतको सहभागिता रहने आयोजकले जनाएका छन्।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो