पाठकको पुर्पुरो : वि.सं. २०८० पौष २८ गते (तद्अनुसार सन् २०२४ जनवरी १३ तारिख) शनिबार । ॐ शन शनिश्चराय नमः ।

फामिने ज्योतिष

मेष – दिन शुभदायी छ । कर्मबल वृद्धि हुनेछ । आर्थिक उपार्जनको दृष्टिले समय फलिफापयुक्त रहला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । अनुकूलता वृद्धि हुनेछ । रोकिएको काममा सफलता मिल्ने समय छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदको भाव पैदा होला ।

वृष – बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्ने समय भएपनि आजको दिन ब्यर्थको खर्चले मन पिरोल्ला । स्वास्थ्य पनि सामान्यतया कमजोर रहन सक्छ, ध्यान राख्नुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्ने योग छ ।

मिथुन – दौडधुपका साथै पराक्रम बढ्ने समय छ । आजको दिन प्रियजनसंगको भेटले मन प्रफुल्ल रहला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । मान पुरस्कार प्राप्त होला । आरोग्यता रहनेछ । समस्याको समाधान प्राप्त हुनेछ । शत्रु पक्ष परास्त हुनेछ ।

कर्कट – नयाँ कामका योजनाहरु बन्ने समय छ । रसरागमा आकर्षण रहला । दाम्पत्य सुख बढ्नेछ । आरोग्यता रहनेछ । कर्मबल बढ्नेछ । रोकिएको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । खेलकुद, भ्रमण तथा मनोरञ्जनात्मक क्रियाकलापमा रुचि बढ्नेछ ।

सिंह – मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने समय छ । नयाँ कामका योजनाहरु बन्लान् । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । यात्रगत कार्यमा सफलत मिल्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – प्रेमभाव वृद्धि हुनेछ, अनुकूलता वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । तथापि, आगो र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने समय छ । वादविवादको सामना गर्नुपर्ने योग रहेकोले विशेष सचेत रहनुहोला । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । व्यस्तता बढ्नेछ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – दौडधुप वृद्धि हुनेछ । मान सम्मान मिलेपनि मनमा डर रहला । व्यवसायमा आर्थिक लाभ हुनेछ । स्वास्थ्यका दृष्टिकोणले पनि यो राम्रो समय छ । मिठो भोजन प्राप्त हुनेछ । यशवर्चश्व बढ्ला । साहसिक काममा आकर्षण बढ्नेछ । यात्रागत कार्यले सार्थकता पाउला ।

वृश्चिक – पराक्रम र मान-महत्व बढ्ने समय छ । दिन मनोरञ्जनात्मक किसिमबाट बित्ला । कामको बोझबाट छुटकारा मिल्नेछ । मन प्रसन्न रहनेछ । परिवारिक सुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । सुखसुविधाको वस्तु खरिदमा खर्च होला ।

धनु – काममा मन जानेछ । अप्रत्याशित लाभ हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिएला । वैदेशिक कामकाजमा फाइदा हुनेछ । भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – आजको दिन केही हानी-नोक्सानी हुन सक्छ, सावधान रहनुहोला । अनावश्यक झमेलामा परिएला । पीडा दिनेहरु सक्रिय हुन सक्छन् । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । समस्यामा नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – लगानी वृद्धि हुनेछ । धन आर्जनमा राम्रो दिन छ तर खर्च पनि बढ्ने योग छ । सिामर्थ्य वृद्धि होला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – आयबल बढ्नेछ । आफन्तको साथ कमै मिल्नेछ तर राम्रो कमाइका कारण सुख मिल्ने समय छ । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित रहला । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख–सुविधाको वस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ ।

फामिने ज्योतिष
प्रतिक्रिया