२३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा आयोजित मैत्रीपूर्ण फुटबलमा नेपाली सेना विजयी

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाली सेना र सशस्त्र प्रहरी विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ ।

३५ वर्ष भन्दा माथिका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागिता रहेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाको तर्फबाट उपरथी सन्तोष कुमार ढकाल टिम क्याप्टेन रहेका थिए ।

कृष्ण मोहन स्मृद्धि भवनको मैदानमा आयोजित सो प्रतियोगितामा नेपाली सेनाको टिमले सशस्त्र प्रहरी बल नेपालको टिमलाई २–० को अन्तरले जित हासिल गरी विजयी भएको छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया