मेष – भाग्योन्नतिको समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । परिश्रमअनुसार आर्थिक उपार्जनमा सुधार आउला । मंगलमय कृत्य सम्पादन गर्ने बेला छ । नयाँ काममा हात हाल्न सकिनेछ । पराक्रम बढ्ला । दामपत्यसुख बढ्नेछ । आरोग्यता रहला । अनुकूलता वृद्धि हुनेछ ।
वृष – अलिक बाध्यताका काममा जुट्नुपरे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । प्रेमको बन्धन कसिएला । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नपर्ला । आरोग्यता रहला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन – आजको दिन पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । तथापि, परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयभाव बढ्नेछ । कृषि तथा पशुपालनमा खर्च बढ्ला । मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्धहरूमा सुधारको अवसर मिल्ने योग छ । आरोग्यता र सुख बढ्ला । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रागत कार्य सफल हुनेछ ।
कर्कट – बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । स्वास्थ्य सबल रहनेछ । काममा पनि फाइदाको योग छ । व्यापारमा कमैमात्र फाइदा होला तर पशुपालन तथा कृषिक्षेत्रमा रहनेलाई राम्रो लाभ मिल्ने योग छ । लगानीका साथै सामर्थ्य बढ्नेछ । रसरागमा आकर्षण रहला । साथीभाइको सहयोग प्राप्त हुनेछ ।
सिंह – धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । मालमत्ता पनि चोरी वा नष्ट हुने योग रहेकोले विशेष सचेत रहनुहोला । विचारले धेरैलाई आकर्षण गर्न सकिने छ । सहयोगीहरूले काममा साथ दिनेछन् । मिठो भोजन प्राप्त होला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । यात्राको योग छ । पारिवारिक सुखशांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।
कन्या – उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । सामान्य खर्च बढ्ला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।
तुला – सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ काम र जिम्मेवारी हात पार्ने अवसर जुर्ला । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पठन–पाठनमा प्रगति हुनेछ । भाग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । विलासी काममा आकर्षण रहला ।
वृश्चिक – दौडधुप तथा सक्रियता बढ्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट राम्रै धनलाभ हुनेछ । वैदेशिक यात्रा पनि लाभदायी हुन सक्छ । द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । सुख वृद्धि होला । आरोग्यता बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – प्रतिष्ठित काम गर्ने मौका मिल्ला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाइएला । काममा मातापिताको सहयोग प्राप्त होला । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
मकर – सामर्थ्य बढ्नेछ तर आजको दिन सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । मिथ्या भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । तथापि, पारिवारिक जमघटमा मन रमाउनेछ । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।
कुम्भ – आजको दिन प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् तर, विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । इष्टदेवको पूजा-उपासना गर्नाले फाइदा हुनेछ । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मीन – आरोग्यता र सामर्थ्य बढ्नेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी हुने मौका मिल्ला । आर्थिक अभावले भने अलिक सताउनेछ । कृषि–चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । वार्तामा सफलता मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो