पाठकको पुर्पुरो : वि.सं. २०८० माघ ११ गते (इ.सं. २०२४ जनवरी २५ तारिख) बिहीबार, पूर्णिमा व्रत, श्रीस्वस्थानीव्रत सुरु, माघस्नान सुरु ।

फामिने ज्योतिष

मेष – व्यस्तता वृद्धि हुनेछ । रोकिएको काम फेरि प्रयास गर्दा सफलता मिल्ने समय छ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । आजको दिन नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । स्थायी सम्पत्तिमा भने विवाद आउन सक्ने योग छ । धैर्यसाथ काममा जुट्नुहोला, मेहनत गर्दा सामान्य लाभ भइरहनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

वृष – पराक्रम वृद्धि हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुने योग । व्यवसायमा चाहिँ लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी रहला । आफन्तबीच आत्मीयतामा कमी आउन सक्छ, सचेत रहनुहोला । यसका बाबजुद बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिने समय छ । आफन्तजनको सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

मिथुन – दिगो आयस्रोत जुटाउन सकिने समय छ । नयाँ साथीभाइ बन्न सक्छन् । स्वास्थ्य भने केही कमजोर रहला । जिम्मेवारी चाहिँ बढिरहनेछ । अध्ययन-अध्यापनमा समय दिन नसकिएला । आर्थिक काम बन्नेछ । खेलकुद भ्रमणमा आकर्षण रहनेछ । वर्चश्व वृद्धि हुनेछ ।

कर्कट – विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । स्वास्थ्यगत समस्याले पनि सताउने योग छ । खेलकूद र भ्रमण आदिमा आकर्षण रहनेछ ।

सिंह – व्यावसायिक आम्दानी बढ्नेछ । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । प्रशंसा र प्रेरणा दिनेहरू भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइएला । रसरागमा आकर्षण बढ्नेछ । समयले साथ दिनेछ ।

कन्या – आजको दिन बोलीको कारणले केही समस्या उब्जिन सक्छ, तर सहयोगीहरूले समर्थन जनाउनेछन् । अध्ययन–अध्यापनमा समय दिन नसकिएला । लेनदेनको विवादले हानी गर्न सक्छ । पुराना समस्या दोहोरिन सक्ने योग छ । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि खानपानमा सचेत रहनु हितकर होला । समस्यामा उच्चाधिकारीको साथ मिल्ने योग छ ।

तुला – कर्मबल बढ्नेछ । स्वास्थ्य सामान्य कमजोर रहेपनि नाम, दाम र इनाम कमाउने समय छ । विस्तारै सोचेको काम बन्नेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । लगनशील बन्न नसक्दा आलोचनाको शिकार हुनुपर्ने योग छ । तपाईंका कमजोरीमाथि टीका-टिप्पणी हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

वृश्चिक – सुख बढेर आउनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइने समय छ । तर सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने पनि देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । भूमि वा पैत्रिक सम्पत्तिमा विवादको योग छ । कृषि कार्यमा हुनेका लागि समय केही प्रतिकुल भएपनि धनआर्जन हुने समय छ । समग्रमा समयले साथ दिनेछ ।

धनु – दौडधुप बढ्नेछ । व्यावसायिक काममा विभिन्न समस्या आउन सक्ने समय भएपनि इच्छाशक्ति एवं मेहनतले राम्रो फाइदा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ भने मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरू परास्त हुनेछन् । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर – अनुकूलता बढ्नेछ । नयाँ व्यवसाय सुरु गर्ने तथा दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । तर, महत्वपूर्ण कुनै योजना सोचिरहनुभएको छ भने तत्काल शुरु नगर्नु हितकर हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने योग छ । आरोग्यता वृद्धि हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिएला । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । शुभचिन्तकहरूको सुझावलाई कदर गर्नु हितकर हुनेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ ।

मीन – कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुने समय छ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अर्थअभावले सताउने योग छ । विगतको श्रमबाट भने लाभ नै हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

फामिने ज्योतिष
प्रतिक्रिया