इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ८ स्थित हाम्रो टोल विकास संस्थाले निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । ९७ वर्षीया आमालगायत ज्येष्ठ नागरिकहरुबाट उद्घाटन गरिएको सो कार्यक्रमको अध्यक्षता हाम्रो टोल विकास संस्थाका अध्यक्ष दिनेश रसाइलीले गरेका थिए ।
उक्त आँखा शिविर सञ्चालनमा अहोरात्र खट्नेमा जित पौडेल, चित्र सिग्देल, टेकनाथ आचार्य, अनिल वर्देवा, राहुल सोनी रहेको सो कार्यक्रम सञ्चालक प्रकाश खरेल थिए ।
गोल्छा आँखा अस्पतालका चिकित्सकहरुको विशिष्ट आतिथ्यता रहेको सो निःशुल्क आँखा शिविरबाट २८७ जनाको आँखा चेकजाँच भएको चित्र सिग्देलले बताए । उनका अनुसार ११ जनामा मोतियाविन्दु भेटिएको र उनीहरुको निःशुल्क अपरेशनको लागि गोल्छा आँखा अस्पताल विराटनगरमा केही दिनपछि लाने तयारी भईरहेको बताए । सो आँखा शिविर नेपालको पहिलो आँखा अस्पताल तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको व्यवस्थापनमा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरको चिकित्सकीय सहयोगमा सञ्चालन गरिएको थियो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो