पाठकको पुर्पुरो : वि.सं. २०८० आषाढ १३ गते (तद्अनुसार सन् २०२३ जुन २८ तारिख) बुधबार आषाढ शुक्ल पक्षको दशमी तिथि

खगेन्द्र कार्की

मेष – नयाँ कामको थालनी गर्न सकिने समय भए पनि आज परिवारमा आर्थिक समस्याले पनि सताउने योग छ । काममा जाँगर भने बढ्नेछ । सन्तान पक्षबाट सुखको अनुभुति हुनेछ । नयाँ कामसम्बन्धी योजना बनाउँदा फाइदा हुन सक्छ । दाम्पत्यसुख बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा मन जाला ।

वृष – आजको दिन पूरै प्रतिकुल नभएपनि खासै अनुकुल पनि नहोला । ब्यर्थै मनमा डरको भाव जाग्न सक्छ, सचेत रहनुहोला । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ । कसैसंग हल्का मनमुटाव होला, सावधान रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्त पक्षको साथ मिल्नेछ ।

मिथुन – आज जागिरमा खासै मन नगए पनि अन्य कार्यमा जाँगर चल्ने र धन मान पाउने योग छ । राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रेमभाव बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – व्यस्तताका साथै दायित्व वृद्धि हुने समय छ । सोचेअनुसार योजना सम्पन्न भइ सुखको अनुभूति हुने दिन छ । आर्थिक कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवनमा रमाउने योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त होला । सामर्थ्य वृद्धि हुनेछ भने सुख सुविधाका बस्तु बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आजको दिन नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ । आकस्मिक निम्तोमा सहभागी हुनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु उचित हुनेछ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । परिवारमा भने सामान्य विवाद होला । रचनात्मकता बढ्नेछ । रसरागको भाव बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आलस्यपनले सताउने समय छ । शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । पराक्रम भने बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – परिश्रमअनुसार राम्रै उपलब्धि पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । बुद्धिको सही प्रयोगले चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आरोग्यबल वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आजको दिन चिताएको काममा सफलता पाइने र धनलाभ पनि हुने दिन छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । आज अनौठो तरिकाबाट धनलाभ हुने योग छ । परिवारबाट सुखको अनुभुति होला । भाग्यबल बढ्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । सुखसुविधाको बस्तु खरिदमा खर्च होला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – समाजिक सम्मान मिल्ला । अनौठो तरिकाबाट अर्थआर्जन हुने समय छ । शरिरमा सामान्य रोगले सताउला तर पनि भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – कर्मबल बढ्ने समय भए पनि आजको दिन आर्थिक पक्ष खासै राम्रो नरहला । निरर्थक क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनुहोला । सामान्य रोगले सताउला सावधान रहनुहोला । भौतिक सरसामनको पनि क्षति हुने दिन छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । परिवारिक सुख भने बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – जोश-जाँगरका साथ दिनको सुरुवात भए पनि पछिल्लो प्रहर जाँगर सेलाउन सक्छ । आश मरेको काम पनि आज अथक प्रयासपछि बन्ने योग रहेको छ । आफन्तको सहयोग पनि प्राप्त होला । प्रियजनसँगको भेटघाटले मन प्रफुल्ल रहला । मिहीनेतले काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – आजको दिन नचिताएको ठाउँबाट आम्दानी होला । आयआर्जनका बाटाहरु खुल्ने दिन छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी होला । उपलब्धिमूलक यात्रा हुन सक्छ । व्यवहारिक सोचको विकास हुनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । समस्याको समाधान मिल्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया