दमक नगरपालिकाको १५ औं नगरसभाबाट यो वर्षदेखि स्वास्थ्य क्षेत्रका आधारभूत स्वास्थ्य केन्द्रलाई व्यवस्थित गरेर “नगरबासीको स्वास्थ्य हाम्रो जिम्मेवारी” भन्ने नारासहित सम्भव भएसम्मका स्वास्थ्य सेवाहरु प्रवाह गर्ने निर्णय कार्यान्वयन गर्ने चरणमा पुगेको दमक नगरपालिकाका नगरप्रमुख राम कुमार थापाले बताएका छन् । नगरपालिकाका स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरुको क्षमता अभिबृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उक्त कुरा बताएका हुन् । यो स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धि कार्यक्रमले नगरपालिकाको उक्त स्वास्थ्य सम्बन्धी कार्ययोजनालाई मूर्तरुप दिने विश्वास गरेको बताए । सम्बोधनका क्रममा नगरप्रमुख थापाले कार्यक्रम उपलब्ध गराउने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको संस्था केएचडिसी ‘एनसीडी’ म्यानेजमेन्ट ट्रेनिङ दमकलाई धन्यवादसहित कृतज्ञता जाहेर पनि गरे ।
नगरप्रमुख थापाले आफू नगरप्रमुख भएर आएपछि प्रकाश बुढाथोकी, लिला गुरागाईबाट कार्यक्रमको बारेमा थाहा पाएको तर स्वास्थ्य शाखासँग सम्बन्धित निकायको समन्वय र तालमेलमा कमी भएको अनुभव आफुले गरेको खुलासा पनि गरे । उनले १३ औं नगरसभाले शिक्षालाई प्राथमिकतामा राखेर ल्याएका कार्यक्रमले अब दमकको शैक्षिक स्तरमा सुधार आउने बताउँदै १५ औं नगरसभाबाट आएको स्वास्थ्यका कार्यक्रमले अबका तीन वर्षमा दमक नगरबासीले स्थानीय सरकार रहेको अनुभूति गर्ने अपेक्षा पनि आफूले लिएको बताए । स्वास्थ्य क्षेत्रका विकृति र विसंगतिका अनुभव सुनाउँदै नगरप्रमुख थापाले साविक वडा नं. १० हालको वडा नं. ७ जहाँका जनताले आफुलाई १५ वर्ष वडाअध्यक्षमा जिताएको र अहिले नगरप्रमुखमा समेत जिताएर पठाएका ठाउँको स्वास्थ्य स्थितिले आफुलाई स्वास्थ्यको क्षेत्रमा केही गर्नुपर्छ भन्ने लागेको पनि बताए । त्यहाँको स्वास्थ्य केन्द्रमा सुगरको दबाई नपाउने र को आउने, को जाने कुनै पत्तो नहुने स्थानीयको भनाईबाट अन्य क्षेत्रका स्वास्थ्य केन्द्रमा पुग्ने वातावरण मिलेको तर सबैतिरको कथा एउटै रहेको कारणले पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ लैजानुपर्ने चेत खुलेर १५ नगरसभाबाट पास भएको बताए । थापाले सरकारले १० वटा स्वास्थ्य केन्द्र, अस्पताल बनाइदियो । आधा दर्जन बढी स्वास्थ्य विभाग र स्वास्थ्य शाखा छन् । दमकनगरबासीको हितमा स्वास्थ्यको क्षेत्रबाट सेवा प्रवाह गर्न आजसम्म हामी कति व्यवस्थित छौं वा छैनौं भन्ने यसै कार्यक्रमबाट स्वमूल्याङ्कन गर्न समेत चिकित्सक तथा स्वंसेविका तथा डाक्टरहरुलाई आग्रह समेत गरे ।
उनले भाषण मात्र ठूला हुने तर संविधानले दिएको अधिकारको प्रयोगमै चुकिरहेको समेत उल्लेख गरे । उनले आधारभुत स्वास्थ्य र शिक्षा निःशुल्क भनिएको भए पनि व्यवहारमा त्यो लागु नभएको समेत उल्लेख गरे । नगरपालिकाभित्रै नगरबासीले स्वास्थ्यका सन्दर्भमा पाएको सास्तीलाई उजागर गर्दै नगरप्रमुख थापाले माथि गोडा पाचेक स्वास्थ्य शाखा छन् तर सेवाग्राही नगरबासीलाई तलै कार्यक्रम गराएर नानी च्यापेर आमाहरुलाई वरण्डामा खचाखच असहजढंगबाट बस्न विवश बनाउँदै आयौं। सम्बन्धित निकायलाई धेरै पटक भन्दा पनि नलागेपछि कडा रुपमै प्रस्तुत हुँदै हाजिर गर्नबाटै बञ्चित हुने आदेश दिएपछि बल्ल १ महिना भो सेवाग्राहीले सहजतापूर्वक सेवा पाएपछि व्यक्त गरेको खुशीले आफु गौरवान्वित भएको र अब त्यहाँ उनीहरुको समय व्यतित गर्न सुविधा थपका निम्ति टिभी राख्न आवश्यक रहेको समेत बताए ।
नगरप्रमुख थापाले नगरबासीको सेवामा अपराधिकरण बढ्दै गएको गुनासो पनि गरे । उनले सेवाग्राहीले सेवा पाएका छैनन पहिला हामी फोटो, भिडियो खिचेर सामाजिक सञ्जाल, युट्युवतिर हालेर वाहवाही कमाउनेतिर लाग्छौं र ठूलो प्रगति भएको अभिमान गछौं जुन दुःखद् रहेको बताए । उनले आफु त्यस्तो अभिमानतिर आफु कहिल्यै नलाग्ने र सबैलाई प्रचारमुखी नभएर परिणाम मुखी कार्यक्रम गर्न समेत आग्रह गरे । कार्यक्रम सुरु भएको छैन, सेवाग्राहीले कस्तो सेवा पाउने हुने, कति सेवाग्राही लाभान्वित हुने हुन ? भन्ने चिन्ता छैन पहिला नै हामीले यस्तो ग¥र्यो भन्ने प्रचारमुखी अभिमान समाजलाई दिने हाम्रो सोच नै अपराधिकरण रहेको समेत उल्लेख गरे । अहिले जनताले के राम्रो र के नराम्रो स्पष्ट रुपमा छुट्याउन सक्ने भएको उल्लेख गर्दै त्यस्ता प्रचारमूखी कार्यक्रमलाई तिरस्कार मात्र गरेका छैनन भोलिका दिनमा हामीलाई भोट नै नहाल्ने वातावरण सिर्जना भएको प्रति दूःख पनि व्यक्त गरे । अपराधिकरणकै अर्को उदाहरण दिँदै नगरप्रमुख थापाले भने–“एउटा विजुलीको पोल गाड्न प¥र्यो भने पार्टी सदस्यताको कुरा उठाउँछौं तर त्यस्तो कुकर्म आफूबाट कहिल्यै नहुने प्रतिबद्धता समेत जनाए ।
नगरपालिकाको योजना मुताविक आगामी दिनमा हुने स्वास्थ्य कार्यक्रमको खाका प्रस्तुत गर्दै नगरप्रमुख थापाले भने– “भदौ देखि हरेक वडामा दमक नगरपालिकाबाट २ जना एमबीबीएस, आम्दाबाट १ जना र डा. संजीव शर्माले १ जना थपिदिनु भयो भने ४ जना डाक्टर सापहरुलाई महिनामा एक पटक एउटा वडामा सेवा प्रवाह गर्दा कम्तीमा जनतासँग सम्पर्क गर्ने आधार तयार हुने र भदौदेखि असार सम्म १० वटै वडामा त्यसरी जाँदा स्वास्थ्यको क्षेत्रमा ठूलो परिवर्तन देखिने र जनताको मन जित्न सकिने अपेक्षा रहेको समेत उल्लेख गरे । थापाले हरेक ज्येष्ठ नागरिकको घरदैलोमा हरेक ३ महिनामा एक पटक पुग्ने अभियान चलाउँदा वडाअध्यक्षहरुबाटै ठट्टा गरिएको तर सुर्योदय नगरपालिकाले एक जना अहेव खटाएर यो अभियान पुरा गरिरहेको दृष्टान्त प्रस्तुत गर्दै हामीले नसक्ने भन्ने हुन्छ र ? भनेर प्रश्न समेत गरे ।
आफ्नो इच्छा र चाहना अनुसारको योजना जनतामाझ पु¥याउन भगवानरुपी डाक्टरहरुसँग भेट भएकोमा खुशी व्यक्त गर्दै अब स्वास्थ्यको क्षेत्रबाट दिइने एउटा सेवाका निम्ति सबै इमान्दार बन्न आवश्यक रहेको समेत औंल्याए ।
दमकमा गरिबहरुको आँकडा प्रस्तुत गर्दै उनले भने– अझै ४२ सय दमकबासी गरिब छन भनेर अगाडिकै सरकारले निकालेको तथ्याङ्कले बताईसकेको छ । त्यो संख्या अहिलेको सन्दर्भमा बढेको हुनसक्छ । त्यस्तो समुदायलाई सेवा दिनु हाम्रा धर्म हो । स्वास्थ्य पहुँच बाहिर रहेको समुदाय, ज्येष्ठ नागरिकलगायत दमकबासीलाई यस पटक स्वास्थ्इ सेवा लिएर ४ वटा वडालाई ल्याब टेष्ट गरिएको छ । त्यसमा २ वटा वडामा पहिला कार्यक्रम लैजाने योजना अगाडि सारिएको उनले बताए । नगरपालिकाको प्रथमिकतामा परेको अभियान सम्पन्न गर्न रकम बाधक बन्नुहुन्न भनेर वडामा गएको रकमबाट समेत १५ प्रतिशत अनिवार्य स्वास्थ्यमा खर्च गर्ने गरी दायित्व जिम्मा लगाइएको नगरप्रमुख थापाले बताए । उनले ट्रेडमार्क बनेका डा. संजीव, भगवानको योगदानमा स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरुको सक्रियता आवश्यक रहेको उनले बताए । कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी तथा स्वयंसेविकालाई लक्षित गर्दै हिजो व्यवस्थापन गर्न सकेनौं, काम दिन सकेनौं, जनतासँग जोड्न सकेनौं अब हामी जनतासँग जोडिने अभियानमा छौं । अब फुर्सदको समयमा फेसबुक हेरेर बस्ने छुट र सुविधा स्वास्थ्यकर्मी तथा स्वंसेविकालाई नभएको र सोही अनुसार लाग्न निर्देशित समेत गरे ।
अब अभियान तथ्याङ्कमा अगाडि बढ्ने र दमकबासीले जता गए पनि मेरो घरमा महिनामा एक पटक डाक्टरहरु आउनु हुन्छ, अब धरान, विराटनगर धाईराख्नु पर्दैन भनेको सुन्न पाइयोस् । जनताको मुखबाट यहि कुरा ल्याउनका लागि तपाईहरुको व्यक्तित्वसहित क्षमता अभिबृद्धिका लागि यो कार्यक्रम आयोजना गरिएको पनि बताए । थापाले भने यो मेरो रहर मात्र हो तर म विज्ञ होइन । यसलाई पुरा गर्ने महत्वपूर्ण जिम्मेवारी र दायित्व स्वास्थ्यकर्मी तथा स्वयंसेविकामा रहेको बताए । उनले स्वास्थ्यका क्षेत्रमा समाजको चित्र प्रस्तुत गर्दै भने– महिनामा डेढ लाख घरभाडा उठाउने मान्छे पनि सुगरको २० रुपैयाँको एउटा पातो निःशुल्क पाइएन भनेर मकहाँ गुनासो गर्न आउँछन् । एउटा सीमित तथ्याङ्कीय कोटा अर्थात १६०० जना सुगरका बिरामीका लागि आउने औषधी जसले माग्छ त्यसलाई दिइँदिँदा पाउनुपर्ने व्यक्तिले औषधी नपाएको तर्फ ध्यान पु¥याउन आवश्यक रहेको समेत बताए । अन्त्यमा उनले पुनः कार्यक्रम सफल बनाउन आर्थिक पक्ष बाधक नबनोस् डाक्टर सापहरुको माग बमोजिम के गर्नुपर्छ नगरपालिका तयारी अवस्थामा रहेको भन्दै निर्धक्क भएर अभियान अगाडि बढाउन आग्रह र अनुरोध समेत गरे ।
बोल्ने क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ चिकित्सक तथा प्रोफेसर संजीव शर्माले क्युवाको स्वास्थ्य प्रणाली विश्वकै नमूनायोग्य रहेको उदाहरण दिँदै त्यहाँका चिकित्सकहरुले बिरामी जाँचीरहन नपर्ने मात्र उनीहरुको घरघर पुगेर यो खानु हुन्छ, यो खानु हु्ँदैन, रोगबाट बच्न एक घण्टा वा आधा घण्टा हिंड्नु पर्छ भनेर उनीहरुको अगाडि चिकित्सक पर्दैमा ज्येष्ठ नागरिकको स्वास्थ्यस्थिति धेरै हदसम्म ठिक हुने बताउँछन् ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो