मेष – कठोर मिहिनेतले दायित्व प्राप्त होला । खर्च वृद्धि हुनेछ । पुरानो समस्या सुल्झाउन सकिने समय भए पनि ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौकासमेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्ने योग छ । धैर्यसाथ काममा जुट्नुहोला, मेहनत गर्दा सामान्य लाभ भइरहनेछ । शत्रुमाथि विजय प्राप्त होला । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
वृष – आजको दिन विभिन्न अवसरले पछ्याउनेछन् । तर, व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग पनि छ । परिवारजन तथाआफन्तबीच बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ । पराक्रम वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
मिथुन – आज जिम्मेवारी बढ्नेछ, तर स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । खर्च लागे पनि दिगो आयस्रोत जुताउन सकिनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिने योग छ । समस्याको समाधान प्राप्त होला, यात्रामा सफलता प्राप्त हुनेछ । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – प्रलोभन देखाउनेहरूले आज धोका दिन सक्छन् । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । रसरागमा भने आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त होला । पारिवारिक सुख मिल्नेछ ।
सिंह – आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । व्यावसायिक आम्दानी बढ्नेछ । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । मित्रजनको साथ मिल्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । आजको दिन बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । पहिलेका समस्या दोहोरिन सक्छन् । टाढाको यात्राको सम्भावना छ । लेनदेनको झमेलाबाट बच्ने प्रयत्न गर्नुहोला । कर्मबल वृद्धि हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – नाम, दाम र इनाम कमाउने समय छ । रोगले पनि सताउने देखिन्छ । विस्तारै सोचेको काम बन्नेछ । तर महत्वपूर्ण योजना स्थगित हुनाले मन खिन्न रहला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय भए पनि लगनशील बन्न नसक्ता आलोचना प्राप्त हुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – प्रतिष्ठित कामको जिम्मेवारी पाइने समय भए पनि सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । यसका बाबजुद पराक्रम वृद्धि होला । योजना र बजेट बनाइ कार्य बेस होला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु – आजको दिन व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । केही समस्या निम्त्याए पनि इच्छाशक्ति एवं मेहनतले फाइदा दिलाउनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – सुख बढ्नुका साथै साहस वृद्धि होला । नयाँ व्यवसाय सुरु गर्नुका साथै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रुपैयापैसाको कारोबार हुने देखिन्छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्दा हितकर होला । आरोग्यबल बढ्नेछ । सन्तानको सुख प्राप्त होला । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ – आरोग्यता बढ्नेछ भने मेहनतले धेरैको विश्वास जित्न सकिने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । मिठो भोजन प्राप्त होला, रसरागमा आकर्षण बढ्ला ।
मीन – व्यस्तता वृद्धि हुनेछ । कर्ममा विश्वास गरेर अघि बढ्दा लाभ पुग्ने समय छ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अर्थ अभावले चिताएको काम रोकिने सम्भावना भए पनि विगतको श्रमबाट भने लाभ पुग्नेछ । आफन्तको साथ कमै मिल्नेछ । सुख विलास भने बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो