संविधान दिवसको अवसरमा हाम्रो इटहरी भेट्रान क्लबले विराटनगरलाईनमा रोप्यो विरुवा, शनिबार पुनः अन्यत्र रोपिने उद्घोष

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । संविधान दिवसको अवसरमा इटहरीमा सञ्चालित हाम्रो इटहरी भेट्रान क्लबले बृक्षारोपण गरेको छ । 

इटहरी उपमहानगरपालिकाको विराटनगरलाईनमा आज ब्यानरसहित क्लबको जम्बो टिम गएर बृक्षारोपण गरेको हो । संस्थाका अध्यक्ष निर्मल तामाङको नेतृत्वमा गएको उक्त टोलीले विभिन्न प्रकारका विरुहरु रोपेको अध्यक्ष तामाङ बताउँछन् । तामाङले संविधान दिवसकै अवसर पारेर आउँदो शनिबार पनि बृक्षारोपण कार्यक्रम आयोजना गरिने भएकोले इटहरीबासीलाई सहभागिताका लागि आग्रह समेत गरेका छन् । अध्यक्ष तामाङले उक्त कार्यक्रममा सहभागी भेट्रान क्लबका सबै सहभागीहरुलाई धन्यवाद समेत दिएका थिए ।

उनले युवाहरुलाई परिश्रमी बनाउन, शरिर स्वास्थ्य राख्न र सामाजिक अभियानमा जोडिएर बिग्रदै गएको पर्यावरणलाई स्वच्छ बनाएर समाजलाई स्वस्च्छ र स्वस्थ बनाउने अभियानको रुपमा बृक्षारोपण गरिएको अथ्याए । 



खगेन्द्र कार्की
प्रतिक्रिया