इटहरी । इटहरी १७ मा भएको जीतीया विशेस नृत्य प्रतियोगीतामा बाल विकास स्कुल प्रथम भई नगद रु १५ सय र प्रमाणपत्र प्राप्त गरेको छ ।
अखिल नेपाल महिला संघ इटहरी १७ वडा समीतीको आयोजनामा भएको जीतीया विशेष थारु भासाको गीतमा भएको नृत्य प्रतियोगीतामा बाल बिकास स्कुल प्रथम,सृजनसील वाल क्लब दोस्रो,वडा १९ भवानी टोल तेस्रो भएको हो ।त्यसै गरी हस्तकला तर्फ एम.जे.सेमन क्लब मझौरा प्रथम,तन्भी चौधरी,कृष्णा चौधरी बालग्राम दोस्रो,पुजा चौधरी,लक्ष्मी चौधरी तेस्रो र एकल नृत्य तर्फ रोसनी वि.क. प्रथम भएकी थिइन् ।
जीतीया आफ्नो बालबच्चा,परीवारको सदस्यहरुको सुस्वास्थ्य दिघार्ययुको कामना गर्दै पानी पनी नखाई वर्त बसेर मनाइने पर्ब रहेको कार्यक्रममको प्रमुख अतिथी अन्जु चौधरीले जानकारी गराइन् । परापुर्वकालमा सेतो कपडा लगाउदा सत्रुहरुले यीनको श्रीमान बीतीसकेरहेछ भनेर दुख नदिने र श्रीमानहरुको रक्षा हुने भएकोले थारु महीलाहरुले सेतो कपडा लगाउदै आएकोमा विस्तारै आफ्नो इक्षा अनुसारको पारी लगाउदै आएको पनि अन्जुले बताइन् ।
अखिल नेपाल महिला संघ इटहरी १७ वडा समीतीको अध्यक्ष ट्वीकल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरु साथै महिला नेतृहरुको सहभागीता रहेको थियो । कार्यक्रममा थारु समुदायले प्रयाेग गर्ने माछा मार्ने जाल,मादल,हलाे,काेदालाे,बगीया,चिउरा लगायतका सामाग्रीहरु प्रदर्शन गरिएको थियोे ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो