दोस्रो मेयर कप अन्तरपालीका स्तरीय क्रिकेट प्रतियोगीता चैत्र २१ गते देखी ३० गते सम्म हुने

सुप्रिया राई

इटहरी । दोस्रो मेयर कप अन्तरपालीका स्तरीय क्रिकेट प्रतियोगीता चैत्र २१  गते देखी ३० गते सम्म हुने भएको छ ।

सेभेन स्टार क्लब  इटहरीको आयोजना तथा इटहरी उपमहानगरपालीको संयोजनमा हुन लागेको प्रतियोगीताका प्रथम विजयी टिमलाई नगद एक लाख,ट्रफि,मेडल,प्रमाणपत्र प्रदान गरीने इटहरी उपमहानगरपालीका भित्र मेयर कार्यकक्षमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

त्यसै गरी  दोस्रो हुनेलाई पाचास हजार,ट्रफि,मेडल,प्रमाणपत्र,म्यान अफ द सिरिजःट्रफि र नगद सात हजार,सर्वोत्कृष्ट ब्याट्स म्यानःट्रफि र चार हजार,मेन अफ द म्याचःनगद पन्द्र सय प्रदान गरीने छ ।

इटहरी डिभीएम स्कुलको खेल मैदानमा हुन लागेको प्रतियोगीतामा इटहरी उपमहान,गरपालीका (रातो) इटहरी उपमहानगरपालीका (निलो) इटहरी उपमहानगरपालीका (हरीयो)धरान उपमहानगरपालीका,विराटनगर महानगरपालीका,इनरुवा नगरपालीका,धनकुटा नगरपालीका,माई नगरपालीका,त्रियुगा नगरपालीका उदयपुर,रामधुनी नगरपालीका सुनसरी,विर्तामोड नगरपालीका  झापा,पथरी शनिस्चरे नगरपालीका मोरङ,लगायत १८ वटा टिमको सहभागीता रहने छ ।

 क्रिकेट खेल यतिवेला देशको गौरभलाई,राष्ट्रियतालाई माथी उचाल्ने स्तरको खेल वनेको छ । साथै अन्य खेल प्रतियोगीताको लागी पनि आगामी दिनमा बजेड विनियोजन गर्दै अगाडी बढ्ने इटहरी उपमहानगरपालीकाको मेयर हेमकर्ण पौडेलले बताएका छन् ।


सुप्रिया राई
प्रतिक्रिया