इटहरी । वर्षा पनि हुने तर शिलता नदिने हिजोआजको वातावरण नै परिवर्तन भएको महसुस गरिएको छ । पानी परे पनि चिसोको अनुभूति नै नहुने हुँदा मानिसहरु गर्मी छल्ने उपायको खोजीमा यत्रतत्र भौतिरिका भेटिन्छन् ।
खास गरेर तराई क्षेत्रका बासिन्दाहरु सितलताका लागि पहाड, सिमसार र जंगललाई रोज्ने गरेका छन् ।
इटहरी, धरान, विराटनगर, दमक, बिर्तामोड, भद्रपुर, उर्लाबारी, पथरी, विराटचोक, इनरुवालगायतका स्थानका मानिसहरु अचाक्ली गर्मी सहन नसकेर गर्मी छल्न अन्यत्र सिताल ठाउँको खोजिमा हिंड्ने गरेका छन् ।
८ ओटा नगरपालिका र ७ ओटा गाउँपालिका रहेको झापामा जामुनखाडी सिमसार क्षेत्र, दोमुखा, अर्जुनधारा धाम, किच्चकबध, केचना, बाँसबारी सिमसार क्षेत्र, सुखानी शहीद स्मृति पार्क, भेलागडी, सतासीधामलगायतका प्रमुख पर्यटकीय क्षेत्रमा गर्मीका कारणले आन्तरिक पर्यटकको संख्या बढेको देखिन्छ । गर्मीमा यी पर्यटकीय स्थलहरु आन्तरिक पर्यटकको रोजाईका क्षेत्र बनेको छन ।
त्यसो त झापा, मोरङ सुनसरीभित्रका पर्यटकीय स्थल मात्र नभएर उच्च पहाडी क्षेत्रमा समेत सितलता खोज्दै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । इटहरी–२ का मनोज कार्की साथीहरुले गर्मी छल्न भेडेटार जाउ भनेका जर्वजस्ती खोजेको पैसा गोजीमा हालेर धनकुटाको पर्यटकीय स्थल भेडेटार पुगे । तर त्यहाँको मौसमले उनलाई फर्कनै मन लागेन र उनीसहित ७ जना साथीहरुले भेडेटारमै २ दिन बिताएको बताउँछन् । उनले आर्थिक मन्दीले गर्मीले बाध्य बनाइदिएको र जुराई दिएको बताउँछन् ।
इटहरी मात्र होइन अत्याधिक गर्मी भएर झापा, मोरङ र सुनसरीका मानिसहरु शितलता खोज्दै यत्रतत्र भौतारिने गरेका छन् । कार्कीका अनुसार गर्मी छल्नका लागि मानिसहरु रिसोर्ट, होटल, सिमसार, वनजंगल र उच्च पहाडी क्षेत्रलाई रोज्ने गरेको बताउँछन् । पूर्वी मोरङको बेतना, बाघझोडा, हसिना, तालतलैयामा गर्मीले गर्दा अचाखच भरिने गरेको छ । त्यसो त यस्ता सिमसार र ताल मात्र होइन व्यवसायिक प्रयोजनले खोलिएका अन्य रमाइला स्थान, पौडी पोखरीतिर पनि उत्तिकै मानिसहरु आकर्षित भएका छन् । इलाको कन्याम, पाइपोखरी, धनकुटाको हिले, सिधुवा, मिक्लाजुङको रमिते, केराबारीको जेफालेलगायतमा घुम्ने र गर्मी छल्नेहरुको ओइरो लाग्ने गरेको छ ।
हुने खानेहरु त गर्मी छल्न पैसा खर्च गरेर सितालता खोज्दै हिंड्छन तर काम नगरी खानै नपाउने मजदुरको अवस्था के होला ? केही दिनदेखि ह्वात्तै बढेको गर्मीले ति तमाम मजदुर, विद्यार्थी, किसान बटुवा, सार्वजनिक यातायातका यात्रु, मात्र होइन घरघरमा भान्सामा बसेर काम गर्ने महिलाहरुको हालत कसैले बुझ्न सक्ला ? यिनै वर्ग यो गर्मीको मारमा परेका देखिन्छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो