इसाई समाज दमकले ४५ औं रक्तदान गर्ने

फाष्ट मिडिया नेपाल संवाददाता

दमक । रक्तदानमा जिल्लामै अब्बल बनेको दमक नगर इसाई समाजले वृहत रक्तदान गर्ने तयारी थालेको छ । समाजले आफनो बार्षिक कार्यक्रम अन्तर्गत यसवर्ष पनि दमकको रेडक्रसस्थित रक्तसञ्चार सेवा केन्द्र परिषरमा रगतदानको आयोजना गरिने  अध्यक्ष आकास थुलुङले बताए । यो रगतदान ४५ औ भएको समाजले बताएको छ ।

समाजले शुक्रबार विहान दमकको टि टाइम रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरि मानवीय सेवामा सहयोग पुरयाउँन तय गरिएको रक्तदान कार्यक्रमको सम्पूर्ण तयारी धमाधम भईरहेको जनाएको छ । रगतदान भव्य तथा सभ्य रुपले सम्पन्न गर्न समाजका उपाध्यक्ष हेमन्त सुब्बालाई कार्यक्रम संयोजकको जिम्मेवारी प्रदान गरिएको जनाईएको छ ।

जिल्लामै सवैभन्दा बढी रगतदान गर्ने संस्थाका रुपमा चिनिएको यस समाजले २०५१ सालदेखि नियमित रुपमा रगतदान गरिआएको पूर्व अध्यक्ष राजकुमार राईले जानकारी दिए ।पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सुब्बाले कार्यक्रमको तयारी, अध्यक्ष आकास थुलुङ, पूर्वअध्यक्ष राई, सचिब अजय कुमाल लगायतले रगतदानको महत्व तथा समाजले गर्देआएको सामाजिक कार्यहरुका बारेमा चर्चा गरेका थिए । उनीहरुले बर्षायाममा रगतदान नहुदाँ रगतको अभाव हुने गरेकाले रगतको उपलब्धतालाई सहज बनाउन रक्तदान कार्यक्रम आयोजना गरिएको संयोजक सुब्बाले बताए ।

उक्त रक्तदानमा दमकसहित यस आसपासका ५० बढी ख्रिस्टियन चर्चहरुको सहभागिता रहने जनाएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया