शुभेच्छुकको सहयोगमा दमकका मेयर थापाको जलेको घर बन्दै

खगेन्द्र कार्की

दमक । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको आगलागीमा नष्ट भएको घर पुनर्निर्माणका लागि विभिन्न व्यक्ति तथा संस्थाहरुबाट १३ लाख २६ हजार ६ सय ८० रुपैयाँ सहयोग संकलन भएकोे छ ।
नगर प्रमुख थापाले आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरण अनुसार, २०८२ साल भदौ २४ गते राष्ट्रव्यापी आन्दोलनका क्रममा दमक–६ स्थित उन्को घरमा आगजनी हुँदा घर तथा धनसम्पत्ति पूर्णरुपमा नष्ट भएको थियो। त्यसपछि केही शुभेच्छुकहरूले ‘राम थापा आवास पुनर्निर्माण नागरिक सहयोग समिति’ गठन गरी सहयोग अभियान सञ्चालन गरेका थिए।
सार्वजनिक गरिएको विवरण अनुसार सबैभन्दा धेरै रकम दमक–७ का टिका थापाले २ लाख रुपैयाँ सहयोग दिएका छन् भने दमक–१ का अम्बरबहादुर कुमाल, अमेरिका बसोबास गर्ने गोपाल प्याकुरेल, दमक–१ का मोहन कुमार थापा तथा मोहम्मद फियाकले १ लाख रुपैयाँ सहयोग दिएका छन् ।
यस्तै ,दमक–५ का राजु खड्काले ७१ हजार रुपैयाँ, बासुदेव भट्टराईले ५१ हजार १ सय पच्पन्न रुपैयाँ, उर्लाबारी–३ का अर्जुन तुम्रुकले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
५० हजार रुपैयाँ सहयोग गर्नेमा कृष्ण कुमार भण्डारी, सूर्यमान थापा, बालानन्द काफ्ले, डम्बर बहादुर भुजेल , भीमप्रसाद पौडेल तथा सहयोग गर्नेहरूको सूचीमा व्यक्ति मात्र होइन, विभिन्न टोल विकास संस्था र सामुदायिक संगठनहरू पनि छन्। शान्ति टोल विकास संस्थाले पैतालीस हजार ९ सय ७० रुपैयाँ, मखमली टोल विकास संस्थाले २१ हजार रुपैयाँ, हिमशिखर टोल विकास संस्थाले १५ हजार रुपैयाँ तथा सब्जीवाला कोइरी समाजले २० हजार रुपैयाँ सहयोग गरेका छन्।
कमेयर थापाले सार्वजनिक गरेको विवरण अनुसार सहयोग रकम १ हजार रुपैयाँ देखि २ लाख रुपैयाँसम्म रहेको छ । कुल उन्नतीस जना व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोग रकम १३ लाख २६ हजार ६ सय ८० रुपैयाँ पुगेको छ ।
गत भदौं २४ गते भएको जेनजी आन्दोलनका क्रममा दमक ६ स्थित मेयर थापाको दुई तले पक्की घरमा आगजनी गरिएको थियो । आगजनीवाट थापा परिवार विस्थापित भई हाल भाडाको एक घरमा बस्दैआएका छन् । मेयर थापा परिवारलाई पूर्नास्थापना गराउन राजनीतिक तथा सामाजिक अगुवाहरुले उनको घर पूर्ननिर्माणमा सहयोग जुटाउन अभियान सञ्चालन गरिआएका छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया