सशस्त्र प्रहरी बल सीमा इलाकामा राष्ट्रिय झण्डा

फाष्ट मिडिया नेपाल संवाददाता

इनरुवा। सशस्त्र प्रहरी बलले सीमा इलाकामा रहेका बासिन्दाहरुमा राष्ट्रियताको भावनालाई अझ जागृत गराउने उद्धेश्यले मुख्य सीमा स्तम्भ, मुख्य नाका तथा सीमाक्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका पोष्टहरुमा झण्डा डेक्ससहित राष्ट्रिय झण्डा राख्ने कार्यक्रमको सुरुवात गरेको छ । स्थानीयवासीको आग्रह र सुझावका आधारमा सुनसरीको कोशी गाउँपालिका–८ तीनकुनेस्थित मुख्य नाकाबाट यो कार्यक्रम सुरु गरिएको हो ।

जिल्ला सुरक्षा समिति सुनसरीको निर्णय, कोशी गाउँपालिकाको सहकार्य र सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेड क्वाटर सुनसरीको व्यवस्थापनमा सो कार्यक्रमको सुरुवात गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेड क्वाटर सुनसरीको सक्रियतामा यसअघि सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत फागुन १२ गतेदेखि १६ गतेसम्म सीमा पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया