फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता
बुटवल । सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेन घुससहित रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीसँग टयाक्ट्ररमा माटो ओसारपसार गर्ने क्रममा उनले २० हजार घुस लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई घुससहित रुपन्देही, गैडहवा गाउँपालिका वडा नं। ३ मंगलपुरबाट आइतबार पक्राउ गरेको हो ।
हवल्दार पक्राउ परेसँगै सशस्त्रका रुपन्देही एसपी दीपक थापा तथा बिओपी इन्चार्ज समेत छानबिनमा तानिएका छन् । मातहतका प्रहरीले गल्ती गरे हाकिमलाई नै कारबाही गर्ने नीति सशस्त्र प्रहरी नेतृत्वले लिएको छ ।
२२ फाल्गुण २०७९, सोमबार ०७:०२ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो