रुसी राष्ट्रपति पुटिनको स्वास्थ्यको विषयमा फेरी चर्चा

फाष्ट मिडिया नेपाल संवाददाता

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्यलाई लिएर फेरि एकपटक चर्चा चुलिएको छ। 
हालै सार्वजनिक भएको एउटा भिडियोमा पुटिन लगातार खोकीरहेको, घाँटी सफा गरिरहेको र भाषण पुनः रेकर्ड गर्न आग्रह गरिरहेको देखिएपछि उनी गम्भीर बिरामी भएको अनुमान फेरि बलियो बनेको हो। 
अमेरिकी मिडिया रिपोर्टअनुसार उक्त भिडियो सुरुमा क्रेमलिनले अपलोड गरे पनि पछि हटाएर सम्पादन गरिएको संस्करण पुनः सार्वजनिक गरिएको थियो। भिडियोमा पुटिनले “घाँटी अलि खराब भयो” भन्दै भाषण दोहोर्‍याउन आग्रह गरेका थिए। 
सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछि पुटिनको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी हुँदै आएका छन्।
 कतिपय रिपोर्टमा उनलाई क्यान्सर, पार्किन्सन्स रोग वा अन्य स्नायु सम्बन्धी समस्या भएको दाबी गरिएको छ। तर यी दाबीहरू अहिलेसम्म स्वतन्त्र रूपमा पुष्टि भने भएका छैनन्। 
यसअघि पनि पुटिनको हात कडा हुने, हिँडाइ अस्वाभाविक देखिने, अनुहार सुन्निएको जस्तो देखिने लगायत विषयलाई लिएर चर्चा भएको थियो। 
तर केही चिकित्सकहरूले त्यो शैली पूर्व केजीबी तालिमको प्रभाव हुनसक्ने बताएका छन्। 
अमेरिकी गुप्तचर संस्था ऋक्ष्ब् का पूर्व निर्देशक ध्ष्ििष्बm द्यगचलक ले भने सन् २०२२ मै “पुटिन अत्यन्तै स्वस्थ देखिन्छन्” भन्दै बिरामी भएको हल्लालाई कमजोर बनाएका थिए।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया