प्रहरी के भन्छ ?
धारिलो हतियार प्रहार गरी बालिका हत्या गरेको घटना
मिति २०८०।११।२१ गते राती अं।२२स्१७ बजेको समयमा जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं। ७ लामाटोलिस्थित दाजुको घरमा बस्ने बर्ष १५ की सन्जना भन्ने ज्ञानमती थुलुङ राईलाई ट्वाईलेट जाने क्रममा अपरिचित मानिसले धारिलो हतियार प्रहार गरी घटना स्थलमा नै मृत्यु भएको भन्ने ब्यहोराको सुचना प्राप्त भएको ।
घटनाको अनुसन्धानको लागि तत्काल ईलाका प्रहरी कर्यालय पथरीबाट टोली परीचालन गरीएको ।
घटनाको थप अनुसन्धानको लागि रातको ११।०० बजे जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीको कमाण्डमा टोली घटना स्थलमा परीचालन भएको ।
घटनाको गम्भिरतालाई बिचार गर्दै नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीबाट तालिम प्राप्त कुकुर सहितको टोली परीचालन गरीएको ।
अनुसन्धानको बिवरण
निज मृतक बालिकाको स्थायी ठेगाना जिल्ला खोटाङ ऐंसेलुखर्क गा।पा। वडा नं। ६ सल्ले भई हाल जिल्ला मोरङ पथरी शनिश्चरे न।पा। वडा नं। ७ स्थित दाजु नाता पर्ने बिनोद राईको घरमा बसी पञ्चायत मा।बि।मा कक्षा सातमा अध्ययनरत रहेको ।
मिति २०८०।११।२१ गते अं। २२स्१० बजेको समयमा मृतक ज्ञानमती थुलुङ राई ट्वाईलेट गएको समयमा ऐया भनेको सुनी बाहिर निस्किदा गड्याङगुडुङको आवाज सुनेको बाहिर गई हेर्दा निज मृतक ढलिरहेको अबस्थामा रहेको भनी निज बिनोद राईले बताएको
अनुसन्धानबाट निज मृतक केही समय अगाडीदेखि एक जना पुरुष मानिसको प्रेममा रहेको र एक पटक घरबाट भागेको, निजलाई रानी नाका हुँदै जोगवनी तर्फ जाने क्रममा मानब बेचबिखन बिरुद्ध सकृय एक गैरसरकारी संस्थाले फेला पारी उद्दार गरी परीवारको जिम्मा लगाएको भन्ने बुझीएको ।
परीवारको जिम्मा लगाएपछी समेत निजहरु सम्पर्क रहेको भन्ने बुझीएको ।
मृतक बालिकाको नाममा ँबअभदययप,क्ष्लकतचबनचबm, क्ष्mय लगायतका सामाजिक संजालाम आफ्नै ब्अअयगलत खोली चलाउने गरेको ।
परीवारका सदस्यलाई दुख दिने आसयले धिरेन कुमार खाँ चौधरीले फेसबुक म्यासेजमा बिभिन्न फोटोहरु पठाउने लगायतको कार्य गर्ने गरेको ।
धिरेन कुमार खाँ चौधरी विगत लामो समय देखि जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिकामा बस्ने गरेको र बिगत ३ महिना यता ग्रामथान स्थित घरमा नआएको भन्ने निजको पारिवारीक श्रोतबाट बुझिएको ।
पूर्वपश्चिम राजमार्गमा पर्ने भाउन्नेको जंगलबाट प्रहरीको बिशेष अनुसन्धान टोलीले निज प्रतिवादीलाई नियन्त्रणमा लिईएको
घटनास्थल अनुसन्धानको बिवरण
घटनास्थलमा अनुसन्धान गर्ने क्रममा मृतक लाश भएदेखि पुर्ब तर्फ रहेको तरकारी रोप्न तयार गरेको बारीमा शंकित मानिसको फुट प्रिन्टहरू लगायतका दशिहरुवाट निजले घटनास्थलमा गई घटना घटाई फरार भएको पुष्टि भएको ।
प्रहरीलाई जानकारी प्राप्त भएको ४ घण्टामा मिति २०८०।११।२२ गते बिहान ०२स्३० बजे जिल्ला मोरङ बेलबारी नगरपालिका भाउन्ने स्थित पुर्ब पश्चिम राजमार्गको जङ्गल एरीयाबाट निजलाई नियन्त्रणमा लिईएको ।
निजसँग सम्बन्धित अन्य बिषयमा बिस्तृत अनुसन्धान भईरहेको ।