दमक/ झापाको दमक नगरपालिका वडा नम्बर ५ ले युवाहरुलाई स्वरोजगार बनाएर आयआर्जनको बाटो खोल्दै गएको छ । वडामा बेरोजगार अवस्थामा युवा तथा महिलाहरुलाई विभिन्न शीपमूलक तालिममार्फत स्वरोजगार बनाउने र उनीहरुलाई आयआर्जनका लागि बाटो खुलाउने काम गरिरहेको छ । सोही क्रममा सो वडाले महिला गृहणीहरुलाई युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले वारिस्ता कफि तालिम प्रदान गरेको छ । वडाले आयोजना गरेको तालिम औपचारिकता मात्र नभएर गरिखाने बनाउने तालिम भएकोले सबैले सिकेको सीपलाई प्रयोगमा ल्याउने सहभागीहरुले बताएका छन् । उनीहरुले कुनै सीप नभएर आयआर्जनको माध्यम नभईरहेको बेलामा वडाले देखाएको बाटोमा हिंड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
वडाले चालू आर्थिक बर्ष २०८१÷०८२ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत ३० जना युवालाई कफी बनाउने सीप सम्बन्धिको वारिस्ता तालिम प्रदान गरेको वडा सचिव निधि ढुंगेलले जानकारी दिए । एक महिना अघि शुरु भएको सो तालिमको मंगलबार औपचारिक कार्यक्रमबीच समापन गरिएको छ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँको प्रमुख आतिथ्य र वडाध्यक्ष इन्द्रबहादुर गुरुङको अध्यक्षतामा आयोजित तालिम समापन तथा सहभागीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रममा वडा सदस्य खड्ग राईले स्वागत मन्तव्य राखेका थिए । वडाले मागमा आधारित व्यवसायिक सीपमुलक तालिमहरु सञ्चालनको क्रममा सो बिषयको तालिम छनोट गरेर तालिम प्रदान गरेको कार्यक्रममा जानकारी दिइयो । नगर उपप्रमुख भट्टराईले यस खाले सीपमुलक तालिमले युवाहरुलाई आत्मनिर्भरताको बाटोमा डोहोरयाउने विश्वास व्यक्त गरिन् । वडाध्यक्ष गुरुङले हरेक बर्ष फरक फरक किसिमका व्यवसायिक सीपमुलक तालिमहरु सञ्चालन गर्ने क्रममा यसपटक वारिस्ता तालिम सञ्चालन गरिएको बताए ।
कार्यक्रममा उपप्रमुख भट्टराई, वडाध्यक्ष गुरुङ, कार्यपालिका सदस्य समेत रहेकी वडास्थित जनप्रतिनिधि शोभा बेल्बाँसे, गोपालकृष्ण संग्रैला लगायतले पनि सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । त्यस्तै सो वडाले अचार तथा आलू चिप्स बनाउने तालिम प्रदान गरिएको छ । १६ फागुनदेखि सञ्चालित सो तालिम २० फागुन सम्म सञ्चालन भएको थियो । प्रयोगात्मक विधिद्धारा नै यो तालिम प्रदान गरिएका कारण यसबाट दक्ष गृहिणीहरुले तत्कालै व्यवसायिक रुपमा स्वस्थ्कर अचार बनाउने र आलू चिप्स बनाउने काम अघि बढाउने बताइएको छ । गृहिणीहरुलाई घरेलु उद्यममा प्रोत्साहन गर्न अचार बनाउने सम्बन्धिको व्यवसायिक सीप मुलक तालिम पनि प्रदान गरेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो