किसानका समस्यामा लापरवाही भएपछि मोरङमा किसान संघ आन्दोलित, मन्त्रीलाई निषेधसम्मको रणनीति

खगेन्द्र कार्की

मोरङ । किसानका नाममा आएका रकमहरुको दुरुपयोग र पहिचानको आधारमा बजेट विनियोजन नभएको भन्दै मोरङमा किसान महासंघ आन्दोलित छ । शनिबारदेखि मोरङको ग्रामथान गाउँपालिकाबाट सुरु भएको आन्दोलन अन्तर्गतको चक्काजाम आइतबार रंगेलीमा आयोजना गरिएको थियो ।  विशेष गरेर यस पटकको बजेटमा शक्ति र पहुँचको आधारमा सीमित व्यक्तिको निर्वाचन क्षेत्रमा मात्रै लगिएको भन्दै व्यापक विरोध भईरहेको छ । किसानका नामको बजेट मुख्यमन्त्रीको क्षेत्र र कांग्रेसका एक मन्त्रीको क्षेत्रमा अत्याधिक योजनाका लागि रकम छुट्याइएको विरोधमा किसानहरु आक्रोशित बनेको किसान महासंघका सचिव तीर्थ कार्कीले बताए । 

कार्यक्रममा किसानको पिडा समय मलखाद विउविजनको अभाव, लक्षित वर्गले पाउनुपर्ने अनुदान नपाएको, संघीय तथा प्रदेश सरकारले वजेट र योजना छनोट गर्दा निश्पक्ष र प्राथमिकताको आधारमा नभई शक्ति र पहँुचको आधारमा आफ्नो जिल्ला क्षेत्रलाई मात्र हेरेर मन्त्रीहरुले मात्र वढी वजेट लगेको आरोप उनको थियो । कार्कीले किसानहरुको बृहत्तर हितको निमित्त दोश्रो पटकको एक घण्टा चक्काजाम कार्यक्रम गरेको थियो । यो कार्यक्रम लाइ निरन्तरता दिदै अघी वढने अठोट गर्नुका साथै बजेटमा भेदभाव कपट पूर्ण बजेट वितरण गर्नेत्यस्ता केही मन्त्रीहरुलाई सबै जिल्लाका भातृ संघ÷संगठन मिली संयुक्त आन्दोल गर्दै अघि बढाउने र यो आन्दोलनको उदेश्यलाइ नजर अन्दाज गरेर सुनुवाई नगरे ति मन्त्रीहरुलाई १४ जिल्लामा नै प्रवेश निषेधको कार्यक्रमहरु गर्न वाध्य हुनेछौ अभियन्ता जर्मन काकीले सम्बोधन भने । उक्त कार्यक्रम मोरंग जिल्ला किसान महासंघका सभापतिको सभापतित्वमा भएको थियो भने प्रमुख अथिती मोरंग जिल्ला नेपाली कांग्रेसका जिल्ला सचिप यूवा नेता मोदराज घिमीरे थिए । त्यसै गरी रंगेली नगर सभापतिसहित महासंघका विभिन्न तह र तप्काका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको सो कार्यक्रममा नियमित रुपमा भईरहेको छ । 

खगेन्द्र कार्की
प्रतिक्रिया