बलात्कारको आरोपमा २ जना पक्राउ
फामिने संवाददाता
युवा जागरण संवाददाता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रही रहने वा छोड्ने भन्ने निर्णयमा पुग्न दुई दिन पर्खने भएको छ।
बिहीवार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले सरकार तत्काल नछोड्ने निर्णय गरेको हो।
बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक अघि नै २ दिनको लागि समय दिन आग्रह गरेपछि बैठकले तत्काल सरकारबाट नबाहिरिने नर्णय गरेको पार्टीका महासचिव एवं प्रवक्ता मुकुल ढकालले बताए।
उनले राजनीतिक सहयोग र सहकार्यको इमान्दारितालाई पूरा गर्न प्रधानमन्त्रीले २ दिनको समय मागेको बताए। उनले राजनीतिक इमान्दारितालाई ध्यानमा राखेर पार्टीसँग सहमति भए अनुसारको सहमति कार्यान्वयन भए गठबन्धनमा रही रहने नत्र २ दिनपछि पुनः बैठक बसेर आवश्यक निर्णय लिने बताएका छन्।
बैठकमा अधिकांश नेताहरुले हठातमा निर्णय गरेर पछुताउनु नहुने सुझाव दिएका उनले बताए।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो