मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिकको पूर्व मेयर शिवप्रसाद ढकालले प्लस टु गर्ने वित्तिकै विदेश जाने सपना नदेख्न आग्रह गरेका छन् । सुन्दरहरैंचा नगरपालिकास्थित वडा नं. ८ को ब्राइट फ्युचर सेकण्डरी स्कुलको कक्षा ११ को स्वागत कार्यक्रममा बोल्दैन उनले सो कुरा बताएका हुन् । विराटचोकमा रहेको नेपालिरिका होटलमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि रहेका ढकालले देशभित्रै अथाहा सम्भवनाहरुको खोजी गरेर समृद्धि कोर्नुको सट्टा कलिलै उमेरमा विदेश जाने सपना देख्नु कुनै अर्थमा राम्रो नभएको बताए ।
उनले एक त उमेर कच्चा रहेको, काम गर्ने बानी नबसेको, अािर्थक रुपबाट असहज भईरहेको, अर्काको आदेशको पालना गर्ने शक्तिको विकास नभएको र नेपाली समाजले युवापक्ति नै खोजिरहेको अवस्थालाई कुल्चेर जानु उपयुक्त नभएको ढकालले बताए । उनले भने– हाम्रो देशमा हाम्रा आँखाकै अगाडि, वरिपरि सम्भावनाका ढोकाहरु प्रशस्त छन् तर त्यसलाई प्रयोग गर्ने तौरतारिकामा हामी चुकेर विदेश जाने सोच बनाउँछौं । देश र समाजमा युवाको साथ, सपोर्टका साथ सहपाठीको भूमिका खोजिरहेको बेलामा राष्ट्र निर्माणमा एकजुट भएर लाग्न अभिप्रेरित हुनुपर्ने पनि बताए । ढकालले आफ्नै छोराको उदाहरण प्रस्तुत गर्दै भने– ‘मेरो छोरा पनि प्लस टु सकिने बित्तिकै विदेश जान्छु भनेको थियो मैले कन्सभिन्स गराए’ अहिले यहि एउटा कन्सलटेन्सी खोलेर केहि न केहि ब्यवसाय गरिरहेको छ ।’ त्यसैले तपाईहरु पनि विदेश जाने मनस्थिति नबनाएर देशमै केहि गर्नुहोस् हामी अविभावकत्वको भूमिका निर्वाह गर्छौ ।’ प्लस टु सक्ने बित्तिकै विदेशिनु घातक ः पूर्व मेयर ढकाल ‘प्रविधिको उच्चतम् प्रयोग गर्दै भरपुर फाइदा उठाउँदै युवा पुस्तालाई अब्बल बनाउनको लागि म आग ्रह गर्न चाहन्छु । ११ कक्षा रमाइलो गर्ने समय भएपनि गलत शैली नसमाई उत्तरदायी बन्नु जरुरी रहेको पनि उनले बताए । विद्यार्थी भनेका देशका कर्णधार हुन, भविष्यवेत्ता हुन, नीति निर्माता हुन तसर्थ यिनै विद्यार्थीले अबको शैक्षिक अवस्था कस्तो हुने भनेर विदेश जानै नपर्ने गरी यही स्थापित गराउने हो नकी झोला बोकेर विदेश भाग्ने – ढकालले भने ।
नेपालिरिका होटलका मेनेजर आकाश दुलाल पनि यसै स्कुलका पूर्व विद्यार्थी भएकाले उनीबाट पनि प्रेरणा लिन सकिने बताए । कार्यक्रममा स्कुलका प्रिन्सिपल टिकाराम ढकालले ब्राइट फ्युचरको आँगनमा आउने विद्यार्थीहरु अब्बल भएर निकाल्ने प्रयास जारी रहने बताउँदै स्कुलले नेपालिरिका होटलसँग सहकार्य गरेर होटल मेनेजमेन्टको कक्षा पनि संचालन गरिएको बताए । दक्ष, लगनशील, अनुभवी तथा विद्वान व्यक्तिहरुको संलग्नतामा शिक्षण प्रशिक्षण गराउँदै आएको स्कुलले पारिवारिक वातावरणमा दक्ष विद्यार्थी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको प्रिन्सिपल ढकालले बताए । उक्त स्कुलमा करिव १ हजार दुई सय विद्यार्थी अध्यनरत रहेका छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो