इटहरी । नेपाली सेनाको आयोजनामा इटहरीमा असार २० गतेदेखि सुरु भएको पृतनापति ट्रफी–२०८२ खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ। प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि पृतनापति श्री गौरव कुमार के.सी. रहेका थिए।
यस १० दिन लामो प्रतियोगितामा विभिन्न बाहिनी अड्डाहरूबीच प्रतिस्पर्धा भएको थियो। समापनको अन्तिम परिणाम अनुसार १८ नं. बाहिनी अड्डा प्रथम, २१ नं. बाहिनी अड्डा द्वितीय, तथा २ नं. बाहिनी अड्डा तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
पृतनापति ट्रफी खेलकुद प्रतियोगितामा एथलेटिक्स,स्विमिङ्ग,बक्सिङ ,तेक्वान्दो ,जुडाे, फुटबल, भलिबल, बास्केटबल, खेल समाबेश गरिएकाे थियो ।
समारोहमा पृतनापति श्री गौरव कुमार के.सी.ले विजेता टोलीहरूलाई प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए।
कार्यक्रममा सैनिक अधिकारी, काेशी प्रदेश खेलकुद बिकास बाेर्डका सदस्यसचिव, जवान, प्रशिक्षक तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेपाली सेनाले राष्ट्रिय स्तरमा खेलकुद विकास तथा सैनिकहरूको शारीरिक तन्दुरुस्ती अभिवृद्धि गर्ने उद्देश्यले यस्ता प्रतियोगिताहरू नियमित रूपमा आयोजना गर्दै आएको छ।
