पाठकको पुर्पुरो : वि.सं. २०८० पौष ७ गते (तद्अनुसार सन् २०२३ दिसेम्बर २३ तारिख) शनिबार

फामिने ज्योतिष

मेष – भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिने समय छ । तर, अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ, सचेत रहनुहोला । कमजोरी ढाकछोप नगर्नु हितकर हुनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । मिठो भोजन प्राप्त होला । आमोदप्रमोदको भाव जागृत हुनेछ ।

वृष – दिन शुभदायी छ । मित्रता र प्रेमको बन्धन कसिने समय छ भने पठनपाठनसम्बन्धी कार्यमा पनि प्रगति होला । दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर जुर्ला । प्रतिभा प्रदर्शन गरेर धेरैको ध्यान खिच्न सकिनेछ । तपाईंको विचारलाई धेरैले कदर गर्नेछन् । नाता गाँस्नेहरूले केही दुःख दिनेछन् । रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा सफलता मिल्नेछ । पारिवारिक सुख र उत्साह बढ्नेछ ।

मिथुन – केही खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ने समय छ । व्यापार तथा उद्योगतर्फ लगानी बढाउन सकिनेछ । स्वास्थ्य सामान्य कमजोर रहला । लेखपढ तथा अध्ययनमा मन लाग्नेछ । पहिलेको उपलब्धिले काममा उत्साह जगाउला । सहयोगी नै प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्, सचेत रहनुहोला । यात्रागत कार्य सफल हुने योग छ ।

कर्कट – आजको दिन सवारीसाधन तथा हातहतियार उपयोग गर्दा विशेष सचेत रहनु हितकर होला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना रहेकोले व्यवहारमा सजगता अपनाउनुहोला । इर्षया गर्नेहरुले फसाउन सक्छन् । काममा गोपनीयताप्रति ध्यान दिनुहोला । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । शत्रुपक्ष परास्त हुनेछ । भ्रमणमा रुचि बढ्नेछ ।

सिंह – विभिन्न अवसर प्राप्त हुने योग रहेपनि आजको दिन बलजफ्तीले काम बिग्रन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने विवादले मन खिन्न तुल्याउन सक्छ । आफन्तजनको सहयोग रहनेछ, जसबाट विशेष फाइदा पनि हुन सक्छ । खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । पारिवारिक सुख रहला ।

कन्या – काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ भने मेहनतले नाम, दाम र इनाम हातपार्न सकिने योग छ । व्यवहारिक झमेला आइलाग्न सक्छन् । तर अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – दीगो आम्दानी हुने काम सुरु गर्ने समय छ । इच्छाशक्ति बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ । आजको दिन पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइएला । नयाँ व्यापार–व्यवसाय विस्तार हुनेछ भने आध्यात्मिक कार्यमा खर्च हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ । आरोग्यता रहनेछ ।

वृश्चिक – राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ, तर बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा परिएला । विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन् । परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला । स्वास्थ्यप्रति सजगता अपनाउनु हितकर हुनेछ । सञ्चित धनको हानी नोक्सानी हुनसक्ने योग रहेकोले आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – आजको दिन परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ, सचेत रहनुहोला । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनु हितकर होला । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहेला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – व्यस्तता बढ्नेछ । नयाँ कार्ययोजना र नयाँ कामको लागि उत्तम समय छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । ब्यापारबाट राम्रै लाभ हुने योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । दायित्व पूरा गर्नु हुनेछ ।

कुम्भ – पराक्रम वृद्धि हुनेछ । हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ । अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । आज केही खर्च बढ्न सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – श्रमको उचित मूल्यांकन हुने समय छ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । महत्त्वपूर्ण काममा सफलता मिल्ने तथा आकस्मिक धनको लाभ हुने योग छ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।

फामिने ज्योतिष
प्रतिक्रिया