आज र भोलिको मौसम कस्तो छ ?

खगेन्द्र कार्की

जल तथा मौसम विज्ञान विभागले सोमबार राति विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मूख्यतया सफा रहनेछ।

कोशी प्रदेशका थोरै स्थानमा, बागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा कर्णाली प्रदेशको हिमाली भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

विभागले मंगलबार दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने जनाएको छ। विभागका अनुसार मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल र सुदूरपश्चिम प्रदेशको तराईमा मुख्यतया सफा रहने छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागका एक-दुई  स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार राति कोशी प्रदेश लगायत  बागमती र  गण्डकी प्रदेशको हिमाली र कोशी प्रदेश लगायत बागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा मधेश प्रदेश र बाँकी हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया