हिजोको रहरलाई आज पीडामा बोकेर हिंडेकी झापाकी गायिका एलिना चौहानका व्यक्तिगत सन्दर्भ मिडियामा ल्याउनेप्रति खेद व्यक्त

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । कलाकार भएर बाँच्न त्यसै पनि गाह्रो त्यसमाथि पनि लेडिज कलाकार झनै गाह्रो । गाएर खुशी पनि पार्नुपर्ने रुपले मोहित पनि बनाउनुपर्ने ? फेरी आयोजकले एउटा कार्यक्रममा बोलाउने भलिभाँती गाउँन लगाउने अनि फेरी अर्को कार्यक्रममा पठाउने अनि त्यहाँ कलाकारिता क्षेत्रकै व्यक्तिहरुनै दूव्र्यहार गर्ने जस्ता पीडाहरु संगाल्दै हिंडन् विवश छन् । पहिला स्थापित गराउन मायाँ दिने र स्थापित हुँदा नहुँदै दुव्र्यवहारसँगै व्यक्तिगत लाञ्छना बाढी यतिखेर झापाबाट उदाएकी नवगायिका एलिना चौहानलाई त्यस्तै भएको अनुभूति उनको फेसबुक स्टाटसले देखाउँछ । उनलाई यतिखेर पत्रकारलदेखि घृणा जाग्न थालेको छ । किन उनका व्यक्तिगत सन्दर्भलाई लिएर मिडियाले नसोधी लेखिदिए । के लेखे भन्ने उल्लेख नगरिकन उनले सुरुमै अझै कोही छुट्नु भएको छ मेरो समाचार बनाउन कि सबैले खोजी पत्रकारिताको बिट मारी सक्नु भयो भनेर प्रश्न गरेकी छन् । उनको त्यो लाईन पढ्दा  यो पंक्तिकार पनि त्रसित बन्यो कि पढुँ कि नपढु ? अनि लेखु कि नलेखु ? 

यद्यपि सञ्चारकर्मीको धर्म पनि हो कसैको चोट पर्दा ति कुरा बाहिर ल्याएर आइँदा यस्ता गतिविधिलाई न्युन बनाउने । त्यसैले मैले उनकै त्यही सामाजिक सञ्जालमा लेखिएको लामो पीडादायी भावनालाई समाचार बनाएको हुँ । 

उनले भनेकी छन– म मान्छु कि म सार्वजनिक व्यक्तित्व भित्र पर्छु तरपनि मेरो व्यक्तिगत जिवन छ र त्यसलाई गोप्य राख्न चाहाने वा कति सार्वजनिक गर्ने भन्ने अधिकार मसंग मात्र छ । थाहा छ धेरैले मेरो धेरै भन्दा धेरै कुराहरु थाहा पाउन चाहानुहुन्छ तर यो भन्दैमा संचारकर्मीहरुले मेरो ईच्छा बिना अथवा सहि समयको पर्खाई बिना यसरी मेरो बारेमा समाचारको तातो विषय बनाएर मलाई मानसिक रुपमा पिडा दिनु भएन । यति भनेर उनले प्रश्न पनि गरेकी छन् –

के कसैले मलाई सोधेर यो समाचार बनाएको हो ?

के कसैलाई मैले बनाउन लगाएको हो ?

उनले अगाडि लेखेकी छन् । कोहि सामान्य गफ गरेको भरमा मलाई नसोधि मेरो ईच्छा बिना समाचार बनाउँछन् । कोहि मैले देशलाईनै घत पुय्राउने काम गरे जसरी स्रोतको अनुसार भन्दै समाचार बनाउँछन् । र फेरी त्यहि समाचार अनुसार मेरा पुराना टिकटमा रुएर अपलोड गरेका गितहरुको भिडियो प्रयोग गरेर भिडियो समाचार बनाउँछन् । मानौ मेरो पिडा जस्ताको त्यस्तै देखाउन खोजेका हुन मानौ मेरो स्थिति दर्शाउन खोजेका हुन । थोरै लाज सरम भन्ने कुरा त हुनुपर्छ एक नाम चलेको मिडिया हाउसहरुसंग । मानवता र संवेदनशिल्ता त राख्नु पर्छ, हैन र ? बिछोड धोका जस्ता शब्दहरु भनेकै पिडा र दुःखको अर्थ अनुभव गराउने शब्दहरु हुन तर आज समाचार यसरी बन्दै छ कि मैले कुनै नोलो कुरा गरे र त्यो कुरा सारा नेपालिले थाहा पाउनु पर्छ र रमाउनु पर्छ ।

म कहाँ छु, कुन स्थितिमा छु, के गर्दै छु, कति तयार छु यी सबै कुराको लागी , यो सामान्य कुरा त हजुरहरुले सोचीदिनु भएको भए हुने । मलाई यस्तो कुरा बाहिर ल्याउनु थियो भने म आफै सहि समयमा ल्याउने थिए यसरी हजुरहरुले खोजि पत्रकारीता गरेर समय बर्वाद गर्नु पर्थेन । थाहा छ हजुरको यो पत्रकारीताको धर्मले मलाई कति असर गरेको छ रु अनुमान लगाउन सक्नु हुन्छ यस्ले मेरो मानसपटमा कति हानि पुय्राएको छ ?

उनले फेरी प्रश्न तेस्र्याइन–के पाउनुभयो यो समाचार बनाएर वा यसरी बनाएर ? न देशले केहि पायो न केहि गुमायो सिवाय हजुरहरुको सस्तो लोकप्रियता र केहि डलर अनि मलाई गहिरो चोट ।

उनले अगाडि प्रश्नै प्रश्नसहितका पीडा समेत पोखेकी छन्– हजुरहरुको खोजि पत्रकारीताले मैले भोगेका दुःख, पिडा, अपमान किन देख्दैन ? थाहा छ कलाकारहरुले हरेक पाईलामा कति अपमान सहजु परेको हुन्छ रु अस्ति भर्खरै पोखराको एक कार्यक्रममा मलाई बोलाएर अर्को कार्यक्रममा जबरजस्ति जा भनियो नत्र उहाँहरुले चाहे सम्म गाएको गाएकै गर्न निर्देश गरीयो, हाम्रै संगीत क्षेत्रको अभिभावकले ।

त्यसपछि अर्को कार्यक्रममा कार्यक्रम सकिएपछि स्टेजमै मदिराले टिल्ल भएका स्वयंसेवक आएर मलाई दर्वेवहार गर्ने खोज्यो र मैले त्यस्को तुरुन्त प्रतिकार गरे । यो आयोजकको गल्ति हैन र ? यस्ता कुरामा सजक हुने पर्ने हैन र ?

अरुपनि धेरै छन् जस्मा संचारकर्मीहरुले सानो कलम चलाईदिँदा सभ्य समाजको निर्माण हुन सक्छ । जस्ले गर्दा कालाकार देशको गहना हो भनेझै सहि सम्मान पाउन सक्छन् ।

अरु त अरु भए मैले नजिकबाट चिनेका र साथीझै सम्बन्ध भएका संचारकर्मीहरुलेपनि मलाई यसरी मानसिक पिडा दिन केहि कसुर छाड्नु भएन । जसरी हुन्छ आफ्नो कन्टेन्ट बिकाउनु छ सबैलाई चाहे त्यसले अरुलाई जतिसुकै पिडा किन नपुर्याओस । सारंसमा भन्न चाहान्छु, म यो समाचारको हेडलाईन बन्न तयार थिईन र यो मेरो ईच्छा बिरुद्ध हो, खेद प्रकट छ ।–धन्यवाद

स्वतन्त्रपूर्वक बाच्न पाउने अधिकार कलाकारको पनि छ र हुनुपर्दछ । उनीहरुले गरेका हरेक क्रियाकलाप कति व्यक्तिगत र कति सार्वजनिक भनेर छुट्याउन सक्ने मापक सञ्चार क्षेत्रमा हुन आवश्यक छ । सामाजिक सञ्जालबाट अलिकति कमाएको पैसाले कसैको ज्यानै जाने वा पीडै पिडामा बाच्न पर्ने अवस्था सिर्जना गर्नु महाअपराध हो तसर्थ यस्ता कुरामा सजग बनौं । विगतमा लेखेकै भरमा कति कलाकार ज्यान गुमाएका छन् तिनीहरु सम्झेर भावी कलाकारितामा लागेका पुस्ताको सम्मान, माया र संरक्षण गरौं । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया