केराबारी गाउँपालिकाको वडा नं. ८ बजार क्षेत्र स्तरोन्नति हुँदै

खगेन्द्र कार्की

फाष्ट मिडिया  नेपाल

इटहरी ।  उत्तरी मोरङको विकट गाउँपालिकामा पर्ने केराबारी गाउँपालिकाको बजार क्षेत्रको स्तरोन्नति गर्ने क्रम जारी रहेको छ । डागी, मुगु, याङसिला जोड्ने गरी निर्माण सम्पन्न भएको मदन भण्डारी राजमार्ग अन्तर्गत केराबारी खण्डको खदम खोलामा पुल निर्माण भएपछि केराबारीको चहलपहल बढेको छ । बजार क्षेत्रमा पर्ने वडा नं.  ८ का भाग्यमानी वडाअध्यक्ष हुन कमल कुमार बस्नेत । तर उनी नठान्ने भएपनि अन्य वडाको भन्दा काम गर्न केही सहज मात्र हुने गरेको प्रतिक्रिया दिन्छन् ।

जुन वडामा गाउँपालिकाको कार्यालयसमेत रहेकोले बजार क्षेत्रको विकासमा वडाको भन्दा बढी गाउँपालिकाकै दायित्व रहदै आएको छ । आम्दानीको स्रोत सामान्य रहेको उक्त वडाले यो आर्थिक वर्षका लागि एक करोड बजेट पनि पाएको छैन । ७० लाख बजेटबाट सो वडाका वडाअध्यक्ष बस्नेत वडाबासीको दुःखको सारथी बनिरहेका छन् । गाउँपालिकाकै ठूलो खेलकुद मैदान रहेको सो वडामा अर्को खेलकुद मैदान पनि तयारी अवस्थामा पुगिसकेको वडाअध्यक्ष बस्नेत बताउँछन् । उनले युवाहरुको मागलाई सम्बोधन गर्न उक्त खेलकुद मैदान मात्र होइन खेलकुदका विभिन्न सामग्रीहरु उपलब्ध गराउने र गराउँदै आएको बताउँछन् ।

कृषिमा पनि गाउँपालिकाबाटै धेरै अनुदानका कुराहरु वडामा आइरहेको वडाअध्यक्ष बस्नेतको भनाई छ । उनी भन्छन– कृषकका लागि वडा र गाउँपालिकाले गर्नुपर्ने सबै काम भईरहेको उनको बुझाई छ । कृषकलाई सिंचाईको लागि पानी अभाव भएको एउटै खोलाको पानी सबै वडाका बासिन्दाले प्रयोग हुँदै आए पनि वडा नं. ८ भित्र विभिन्न फर्म सञ्चालन गरेर तरकारी खेतिलाई प्रोत्साहन गरिएको उनको भनाई छ । वडाका कृषकका लागि कोटा प्रणालीबाट आउने अनुदान समूहगत रुपमा वितरण भईरहेको र बिउबिजन, मलखाद पनि वितरण भईरहेको उनको भनाई छ । भएको बजेटलाई पनि ५ शिर्षकमा विभाजन गरेर पूर्वाधारको काम भईरहेको वडाअध्यक्ष बस्नेतको भनाई छ । बजेट विनियोजन भए बमोजिमका क्षेत्रमा थोरै बजेटबाट धेरै काम गर्नुपर्ने बाध्यतालाई चिर्दे काम गरिरहेको वडाअध्यक्ष बस्नेतको भनाई छ ।  (भिडियो लिंक)

https://www.facebook.com/100032581308482/videos/527635562823898/

खगेन्द्र कार्की
प्रतिक्रिया