इटहरी/ तिहार सकिएसँगै तराई÷मधेसमा छठपर्वको रौनक सुरु भएको छ । इटहरी, तरहरा, रामधुनी, इनरुवा, दुहवी, विराटनगर, सुन्दरहरैंचा, बेलबारी, कानेपोखरी, उर्लाबारी, केराबारी, रतुवामाई, दमक, भद्रपुर, गौरादह, बिर्तामोड, सुरुङालगायतका खोला तथा नदीका किनारमा छठ पर्वका लागि पुजास्थल (पण्डाल) निर्माण कार्य धमाधम भईरहेको छ ।
इटहरीबासीले बुढीगंगा मुक्तिघाटको तटमा हरेक वर्ष छठ पर्व मनाउँदै आएका छन् । यो पटक पनि त्यही स्थानमा तयारी गरिएको छ । छठ पूजाका लागि पण्डालसहितको घाट निर्माण कार्य प्रारम्भ भईसकेको छ । विगत वर्ष झै यसवर्ष पनि छठ पूजा दमक ७ स्थित रतुवा खोलाको पुलदेखि सोही वडाको उत्तर राधा माधव समिति दमकको मन्दिर अगाडिसम्मको खोला धारमा घाट निर्माण कार्य सुरु भएको छ ।
सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ ।
अहिले वीरगञ्जसहित तराई–मधेसमा छठको रौनक सुरु भएको छ । लक्ष्मीपूजाको चार दिनपछि अर्थात कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत रूपमा आरम्भ हुन्छ । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त देखिएका छन् ।
बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्री लगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त छन् । मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैया लगायत जलाशयलाई सजाउने कार्यसमेत तिब्र बनेको छ । पर्साको मुख्य आर्यनको केन्द्रमा रहेको घडीअर्वा पोखरी,रानीघाट र मुडी छठ को गी दुलहीझैँ सिंगार्न सुरु गरिएको छ ।
चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवत रुपमा छठ पर्व समापन हुने गर्दछ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन रही आएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो