इटहरी । एच आइ भीको वर्तमान अवस्था र राष्ट्रले लिएको अक्ष्य सम्वन्धी जिल्ला स्तरीय सरोकारवालाहरु सग आज इटहरीमा समन्वय बैठक सम्पन्न भएको छ ।
प्रदेश स्तरमा एचआइभी संक्रमीत २३ सय जनाले औषधी सेवन गरीरहेको र अनुमानित ४,५ हजार संक्रमीतहरु रहेको त्यस मध्ये सुनसरी जिल्लामा ९ सय वढि ले औषधी सेवन गरीरहेको साथै सुनसरी मोरंग,झापामा चाहि स्थानीय सरकारले जीवीकोपार्जनको लागी सहयोग गरीरहेको राष्ट्रिय एच आइ भी तथा एड्स महासंघ प्रदेश नम्वर १ का सुपरभाइजर रोमन कुमार राइले कार्यक्रममा जानकारी गराए ।
इपिक परियोजना,आम्दा नेपाल सुनसरी,मानव कल्याण समाज सुनसरीको सहयोग तथा स्वास्थ्य कार्यलय सुनसरीको आयोजनामा भएको उक्त कार्यक्रममा आर्ट नेपाल धरान र इनरुवामा एच आइ भी संक्रमीत सेवाग्राहीहरुको अवस्था,जिल्लामा एच आइ भी संक्रमीतहरुको वारेमा जानकारी,एच आइ भी संक्रमीतहरुले भोग्नु परेको चुनौती तथा समस्याहरुको बारेमा छलफल भएको थियो ।
सुनसरी जिल्ला सी डी ओ जय नारायन आचार्यको प्रमुख आतित्थ्यता तथा स्वास्थ्य कार्यलय प्रमुख सागर प्रसाईको अध्यक्षतामा भएको सो कार्यक्रममा आम्दा नेपालका प्रमुख रोहित उराउ,आस्था फाउण्डेसन सुनसरीका प्रमुख चन्द्र वराल,मानव कल्याण समाज सुनसरीका प्रमुख देवानन्द चौधरी,माइती नेपाल सुनसरीका प्रमुख सुनीता कार्की,महिला सहयोगी समुह इटहरी,परीवार नियोजन संघ,युवा विकास केन्द्र इटहरी लगायत विभीन्न संघसंस्थाको प्रतिनीधीहरु साथै १२ वटा पालीकाको स्वास्थ्य महासाखा प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो