नागरिक उन्मुक्ती पार्टी एकीकृतको एकता महाधिवेशन कैलालीमा तीन दिन हुने

दयाराम कटेल

सुनसरी।। इटहरी स्थित आइतबारेमा आज पत्रकार सम्मेलन गर्दै नागरिक उन्मुक्ती पार्टी एकीकृतको एकता महाधिवेशन कैलालीमा पुष २६ देखि २८ गते हुने जानकारी दिइएको छ। इटहरीको मावली होटल एण्ड क्याफेमा भएको पत्रकार सम्मेलनमा पार्टीको एकता महाधिवेशन कैलालीमा ३ दिन हुने जानकारी गराईएको हो ।

महाधिवेशनको तयारी स्वरुप प्रतिनिधी छनौट गर्ने क्रमको अन्तिम तयारीमा रहेको र कोशी प्रदेशको जनतालाई जानकारी गराउने उद्देश्यले पनि यो पत्रकार सम्मेलन गरेको पार्टीको केन्द्रीय समितिको सहसचीव पदम अधिकारीले बताएका छन् ।

पार्टी एकताको लागी गरीएको दश बुँदे सम्झौतालाई आधार मानी गत बैशाख १८मा विराटनगरमा गरीएको पार्टी एकता घोषणा सभा सम्पन्न भएको र यसका साथै लोसपा र नेसपाका कोशी प्रदेशका समितिहरुसंग पनि एकताको प्रकृयालाई पुर्णता दिदै नागरीक उन्मुक्ती पार्टी एकीकृत कोशी प्रदेशको पुष २ गते इटहरीमा सम्पन्न भएको समायोजनबाट धनवहादुर पङद्याक अध्यक्ष र जीवन धामी सहअध्यक्ष रहने साथै दुवै पक्षका पदाधीकारी तथा सदस्यहरु यथावत रहने गरी समायोजन कार्य सम्पन्न भएको पनि जानकारी गराइएको छ ।

दयाराम कटेल
प्रतिक्रिया