महिन्द्राको २-टन भार क्षमता भएको बोलेरो म्याक्स पिक-अप दमकमा सार्वजनिक

खगेन्द्र कार्की

Bolero MaXX Pik-Up 'HD 1.7 LX' र 'HD 2.0L SXi' गरी दुईवटा भेरियन्टमा उपलब्ध हुने। HD 1.7 LX भेरियन्टको मूल्य रू. २९,९५,००० र HD 2.0L SXi को मूल्य रु. ३२,९५,००० वाट सुरू । दमक, चैत ११, २०८२: महिन्द्राको पिक-अप तथा कमर्सियल युटिलिटि गाडीहरूको नेपालमा आधिकारिक वितरक, अग्नि ग्रुपअन्तर्गत अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले नेपालकै पहिलो र एकमात्र २-टन भार क्षमता भएको पिक-अप 'महिन्द्रा बोलेरो म्याक्स पिक-अप' दमकमा सार्वजनिक गरेको छ । चैत ११ गते बुधवार दमकस्थित महिन्द्राको सोरुममा विशेष सार्वजनिकिकरण समारोह मार्फत नयाँ पिक-अप सार्वजनिक गरिएको हो। समारोहमा महिन्द्रा एन्ड महिन्द्रा तथा अग्नि ग्रुपका विशेष प्रतिनिधिहरू, सञ्चार प्रतिनिधिहरू तथा ग्राहकवर्गहरूको उपस्थिति रह्यो। क्षेत्रीय बजारहरूमा सार्वजनिक गर्दै नेपालका मुख्य व्यापारिक सहरहरूमा पनि लगत्तै गाडी सार्वजनिक गरिने योजना रहेको छ । भार क्षमता (पेलोड), इन्धन इफिसियन्सि, सुरक्षा र समग्र ड्राइभिङ अनुभवमा नयाँ मापदण्ड कायम गर्दै, बोलेरो म्याक्स पिक-अपले नेपाली बजारको सब-२- कमर्सियल गाडीको सेगमेन्टमा महिन्द्राको नेतृत्वदायी स्थानलाई अझ सुदृढ गर्ने विश्वास लिएको छ । नेपालमा ग्राहकहरूको लागि यो पिक-अपको दुई हेभी ड्युटी भेरियन्टहरू HD 1.7 LX HD 2.0L SXi उपलब्ध छ । HD 1.7 LX भेरियन्टको विशेष लन्जिङ मूल्य रू. २९ लाख ९५ हजार (२९,९५,०००) बाट सुरु हुन्छ भने HD 2.0L SXi को मूल्य रू. ३२ लाख ९५ हजार (३२,९५,०००) बाट सुरु हुन्छ। यी भेरियन्टहरू सामान्य ढुवानीदेखि इन्टरसिटि ढुवानीका लागि उपयुक्त छन्। नेपालको उबडखाबड र पहाडी सडकहरूमा यात्रा गर्नका लागि यी गाडीहरू 'साना कमर्सियल गाडी'को सेगमेन्टमा उत्कृष्ट रोजाइ रहेका छन् ।

ब्रान्ड प्रतिनिधिका अनुसार, "बोलेरो म्याक्सले एक उच्चस्तरको सक्षम, भरपर्दो, सुरक्षित, कार्यकुशल र बहुउपयोगी पिक-अपको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। यी गुणहरूसहित कम सञ्चालन खर्चका कारण यो पिक-अप चालक तथा व्यवसायीहरूका बीच लोकप्रिय गाडी रहेको छ। युटिलिटिसँगै सुरक्षा र आरामलाई समेत विशेष ध्यान दिएर डिजाइन गरिएको यस गाडीले साना कमर्सियल गाडीको बजारमा नयाँ आयाम थपेको छ। यो पिक-अप नेपालको बढ्‌दो लजिस्टिक्स आवश्यकताका लागि निकै उपयुक्त पिक-अप रहेको छ र हामी विश्वस्त छौं कि यसले नेपाली बजारमा महिन्द्राको अग्रस्थान कायम राखेछ ।" कम्पनिका अनुसार, "बोलेरो म्याक्स पिक-अप सार्वजनिक गरिरहँदा हामी निकै उत्साहित छौं। यसको विशेषताहरूको कारण यो पिक-अप भारतीय बजारमा अत्यधिक लोकप्रिय भइसकेकै छ । यसको मजबुती र बहुआयामिक क्षमता भौगोलिक रूपमा विविधताले भरिएका सडकहरूका लागि झनै उपयोगी हुनेछ। र यसले साना कमर्सियल गाडी ('एस-सि-भि') सेगमेन्टमा नयाँ मापदण्ड थप्नेछ भन्ने विश्वास हामी राख्दछौं।" mahindra बोलेरो म्याक्स (MaXX) पिक-अपले नेपाली पिक-अप सेगमेन्टमा एउटा नयाँ आयाम थप्ने विश्वास लिएको छ । बोलेरो म्याक्स पूर्ण रूपमा नयाँ प्लेटफर्ममा निर्माण गरिएको पिक-अप हो। यद्यपि यसले बोलेरोको डिएनएसँग जोडिएका मुख्य विशेषताहरू जस्तै मजबुती, विश्वसनीयता, कम मेन्टेनेन्स खर्च र उच्च रिसेल भ्यालुलाई आत्मसात गरेको छ। साथै, यसले सरल र सदाबहार देखिने बोलेरोको डिजाइनलाई पनि कायम राखेको छ ।

डिजेल र सिएनजि दुवै विकल्पमा उपलब्ध रहेको यो पिक्क-अपमा महिन्द्राको अत्याधुनिक एमटुडिआइ (m2Di) इन्जिन रहेको छ । यसको भार क्षमता १.७ देखि २ टनसम्म रहेको छ भने कार्गोबेड (ढाला) को लम्बाई १० फिट (वा ३०५० मिमि) सम्म रहेको छ। बोलेरो म्याक्स पिक-अपले उत्कृष्ट आरामसँगै सुरक्षालाई प्राथमिकता दिन्छ। यसको फराकिलो 'हिल ट्याक'ले गाडीलाई थप सन्तुलन प्रदान गर्छ र ह्यान्डल गर्न अझ सजिलो बनाउँदछ। यसको 'सिङ्गल-पिस बडि साइड आउटर' (बिएसओ) ले गाडीको संरचनालाई थप मजबुत, अडिग र दमदार बनाउँदछ भने 'हाइ-स्ट्रेन्थ लो-एलोय' पार्टपुर्जाहरूको प्रयोगले यसको टिकाउपन सुनिश्चित गर्दछ । बोलेरो म्याक्स पिक-अप एचडि २.० एल (Bolero MaXX Pik-Up HD 2.0L) श्रेणीमै पहिलो १० फिट (३०५० मिलिमिटर) लामो ढाला (कार्गो बेड) र २-टन भार क्षमता सहित पिक-अपमा लोड बोक्ने क्षमताको हिसाबले 'सेगमेन्ट लिडर' मजबुत च्यासिस र बलियो बडि संरचना । श्रेणीमा उत्कृष्ट (7R16) टायर जसले स्थिरता प्रदान गराउँछ र लोडको बेला वेयर एन्ड टेयर कम हुन्छ । निर्माण क्षेत्र, कृषि र मत्स्यपालन जस्ता कठीन से कठीन 'हेभि ड्युटि ढुवानी कार्यका लागि उपयुक्त । बोलेरो म्याक्स पिक-अप एचडि १.७ (Bolero MaXX Pik-Up HD 1.7) फलफूल तथा तरकारी ओसारपसार वा अन्य गहाँ लोडको इन्टरसिटि ढुवानीका लागि डिजाइन गरिएको ।

१.७ टन भार क्षमता २ ९ फिट (२७६५ एमएम) लामो कार्गो विकल्प । श्रेणीमा उत्कृष्ट (7R15) टायर । अग्नि इन्कर्पोरेटेड प्रा.लि.को बारेमा अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेड, नेपालका लागि महिन्द्रा अटोमोबाइल तथा ट्रयाक्टरहरूको आधिकारिक वितरक हो । थप जानकारीका लागि वेबसाइट www.agnigroup.com.np/agni-incorporated-private-limited मा भिजिट गर्नुहोस् । mahindra सन् १९४५ मा स्थापित महिन्द्रा ग्रुप, एक विश्वभर सम्मानित बहुराष्ट्रिय कम्पनीको समुह हो, जसमा १ सय भन्दा बढी देशहरूमा २ लाख ६० हजारभन्दा धेरै कर्मचारी कार्यरत छन्। महिन्द्रा ग्रुप भारतमा कृषि उपकरण, युटिलिटी गाडीहरू, सूचना प्रविधि र वित्तीय सेवाहरूमा अग्रस्थानमा छ, र विक्रीको हिसाबले विश्वकै सबैभन्दा ठूलो ट्र्याक्टर कम्पनी हो। महिन्द्राको उपस्थिति नवीकरणीय ऊर्जा, कृषि, लजिस्टिक्स, हस्पिटालिटि र रियल स्टेट क्षेत्रमा समेत बलियो छ । महिन्द्राले विश्वस्तरमा 'इ-एस-जि'मा अग्रणी बन्ने, ग्रामिण समृद्धि सक्षम गर्ने र शहरी जीवनस्तर सुधार गर्ने स्पष्ट दृष्टिकोण अपनाएको छ। समुदाय र सरोकारवालाहरूलाई माथि उठ्न ('Rise' हुन) सक्षम बनाउँदै हरेकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु महिन्द्राको लक्ष्य रहेको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया