दमक/ झापामा मंगलबार बाक्लो हुस्सु लागेको छ । झापाका सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा अझ बढी चिसो र हुस्सु छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
झापाको न्युनतम तापक्रम १३ डिग्री तथा अधिकतम तापक्रम २३ डिग्री रहनेछ । हाल कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, मंगलबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।
जनजीवन कष्टकर
मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । धमाधम खेतीपाती लगाउने बेला मौसम चिसिँदै गएपछि काम अघि नसर्दा किसान विलखबन्दमा परेका छन् । चिसोले हातगोडा कठ्याङ्ग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ । जाडोले बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी बढी प्रभावित बनेका छन् । खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो