दमक/ निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याबसन), दमकको आयोजनामा एक दिने गणित प्रयोगशाला सम्पन्न गरिएको छ । कार्यक्रम दमक–६ स्थित सूर्योदय विद्यालयमा आयोजना गरिएको हो ।
गणित सिकाइलाई प्रयोगात्मक, रोचक र प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यशालामा दमक क्षेत्रका विभिन्न निजी विद्यालयका गणित शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यशाला दुई चरणमा—प्राथमिक र माध्यमिक तहका शिक्षकहरूलाई लक्षित गरी—सञ्चालन गरिएको थियो ।
गणित प्रयोगशालामा प्रशिक्षक दयामान श्रेष्ठले सहजिकरण गरेका थिए । उनले गणित विषयलाई व्यवहारमा आधारित सिकाइमार्फत सजिलो, मनोञ्जनात्मक र दीगो बनाउन सकिनेमा जोड दिए ।
प्याब्सन कोशी प्रदेशका सल्लाहकार एल.डि. राईको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य श्रवण पोखरेल, कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष कोषराज प्याकुरेल, दमक प्याब्सनका प्रमुख सल्लाहकार जर्नादन मैनाली, सहुलियत पुस्तक भण्डारका सञ्चालक रवि बस्नेत तथा प्याब्सन दमकका अध्यक्ष नविन योगीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहयोगी संस्थाको रूपमा सहुलियत पुस्तक भण्डार, दमक–५ रहेको थियो । प्रयोगशालामा गणित शिक्षणसँग सम्बन्धित विभिन्न उपकरण, फर्मुला कार्ड, चार्ट तथा अन्य शैक्षिक सामग्रीहरू प्रस्तुत गरिएका थिए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो