वासिङ्टन अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा फेरि उम्मेदवारी नदिने निर्णय गरेका छन् । उनले आफ्ना सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्।
जुन २८ मा ट्रम्पसँगको बहसमा परेपछि बाइडेनको स्वास्थ्यलाई लिएर चौतर्फी उम्मेदवारी फिर्ता लिन दबाब परेको थियो ।
पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले पनि बाइडेनविरुद्ध आफ्नो धारणा राखेका थिए । यसले बाइडेनलाई उम्मेदवारी फिर्ता लिन नैतिक दबाब बढाएको हो ।
पार्टीबाट अत्याधिक दबाब र स्वास्थ्यको कारण देखाउँदै ८१ बर्षिय बाइडेनले नोभेम्बरमा हुने चुनावमा उम्मेदवार नबन्ने बताउँदै वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेका छन् ।बाइडेनले चुनावी मैदान छाडेपछि अमेरिकी राष्ट्रपतिको चुनाव अब रोचक बनेको छ ।- एजेन्सी
फाष्ट मिडिया नेपाल संवाददाता
७ साउन २०८१, सोमबार ०८:५३ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो