इटहरी । सन्ध्याकालिन महिला कृषी सहकारीले माता तीर्थ औसीको अवसर पारेर ५ जना आमाहरुलाई सम्मान गरेको छ ।
इटहरी १७ मा रहेको संध्याकालीन महिला कृषी सहकारीले संस्थामा आवद्ध भएका आमाहरु वर्ष ७६ डम्वर कुमारी कटुवा,वर्ष ९० रजीया सदा,वर्ष ८० थानेस्वरी खतिवडा,वर्ष ८९ दिल कुमारी थापा,वर्ष ९३ धनमाया खत्री लाई प्रमाणपत्र तथा खिर फलफुल खुवाएर सम्मान गरेको छ ।
हिन्दु धर्मलम्वीहरुको सस्कार अनुसार माता तिर्थ औसीमा आमाको मुख हेरेर मिठो खान दिने लत्ताकपडाहरु दिने प्रचलन रहेको र आउने भावी सन्तानहरुले यो परम्परा सस्कृतीलाई जगेर्ना गर्दै लानको लागी पनि यस्तो प्रकारको कार्यक्रमहरु गर्नु पर्ने कार्यक्रमको प्रमुख अतिथी तथा वडा नम्वर १७ को महिला जनप्रतिनीधी वीष्णु खड्काले जानकारी गराइन ।
आमाले यसो गर्नु हुदैन उसो गर्नु हुदैन भनेर राम्रो सस्कार सीकाएर हरेक दुखपिडाहरुमा पाइला चाल्न सीकाएर नै हामीहरु यसरी केही गर्न सक्ने भएकोले परम्पराकाल देखी चलिआएको माता तीर्थ औसीको अवसरमा सामुहिक माता सम्मान कार्यक्रम गरीएको सहकारीको अध्यक्ष मिना वस्तीले जानकारी गराइन ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो