मेष – सोचेका काम पूरा भइ सुखको अनुभव हुने दिन छ । केही नयाँ काम थाल्दै हुनुहुन्छ भने उचित समय छ । धार्मिक एवम् सामाजिक कामको सहभागिताबाट मन रमाउनेछ । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमय रहला । आफन्तसुख प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्य सफल रहला ।
वृष – मान महत्वका साथै पराक्रम वृद्धि हुनेछ । साथीभाइसँगको छलफलले धनलाभको बाटो खुलाउने समय छ । नसोचेको ठाउँबाट आकस्मिक लाभ होला । आजको दिन परिवारमा भने सामान्य विवाद हुन सक्छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर होला । काममा आफन्तको सहयोग रहनेछ ।
मिथुन – दिन त्यति अनुकुल नरहला । काममा बाधा आउनुका साथै आर्थिक हानी हुने योग छ । स्वास्थ्यसम्बन्धी समस्याले खर्च गराउन सक्छ, ध्यान राख्नुहोला । आलस्यपनले सताउला । तथापि, शुभ काममा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ, तर आजको दिन जथाभावी खानपानमा परहेज राखेकै राम्रो ।
कर्कट – परिश्रमअनुसार राम्रै उपलब्धि मिल्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मनमिल्ने साथीसंगीसँगको भेटले आनन्द दिलाउला । बुद्घिको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । आरोग्यता बढ्नेछ ।
सिंह – दिन राम्रो छ । गरेको परिश्रमको परिणाम सुखद रहला । अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना छ । सुखद यात्रा होला । आज चिताएको काममा सफलता पाइनेछ । मित्रजनबाट साथ–समर्थन पनि पाइएला । पुराना साथीसंगको भेटघाटले मन रमाउने छ । रसरागमा आकर्षण बढ्नेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।
कन्या – लाभदायक यात्राको योग छ तर यात्रा भने कठिनाइयुक्त रहन सक्छ । आजको दिन परिवारमा हल्का विवादको योग छ, संयम व्यवहार गर्नुहोला । स्वास्थ्य सामान्य प्रतिकुल रहन सक्छ । समाजिक सम्मान पाउने समय छ । मिठो भोजन प्राप्त हुनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।
तुला – भौतिक सरसामनको केही क्षति हुने दिन छ । सोचेआनुरुप काम नहुने र बढी खर्चले गर्दा मन अशान्त रहन सक्छ । स्वास्थ्यप्रति पनि विशेष सचेत रहनुपर्नेछ । आर्थिक पक्ष खासै राम्रो छैन, नसोचेको अनि बेकामको क्षेत्रमा खर्च हुन सक्ने योग रहेकोले सावधान रहनुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
वृश्चिक – बन्दैन भन्ने ठानिएको काम पनि तपाईंको अथक प्रयासमा बन्ने दिन छ । आफन्तजनको सहयोग प्राप्त होला । बिग्रेको प्रेम सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाव भने रहन सक्छ । सोचेको काम पुरा नहुन सक्छ । बिहानीपख सुखको अनुभव भएपनि बेलुकी काममा जाँगर नलाग्न सक्छ । स्वास्थ्यमा सुधार आइ आरोग्यबल बढ्नेछ । समयले साथ दिने नै छ ।
धनु – नचिताएको टाउबाट आम्दानी हुने दिन छ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु हितकर होला । अध्ययन–अध्यापनमा भने आज खासै प्रगति नहोला । आम्दानीका बाटाहरु खुल्नेछन् । ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने समय छ। रसरागमा आकर्षण बढ्नेछ । यात्रा सफल रहनेछ ।
मकर – अधुरा कामहरु पनि बन्ने र गरेका कामहरु सफल हुने समय छ । कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हुनेछ । आजको दिन खर्च भने केही बढ्नेछ । परिवारमा आर्थिक समस्याले सताउन सक्छ । सन्तान पक्षबाट सुखको अनुभुति हुनेछ । प्रेमभाव बढ्नेछ । विजयश्री प्राप्त होला ।
कुम्भ – सामर्थ्य बढ्नेछ तर कसैसँग विवाद वा झगडाको सम्भावना रहेकोले आजको दिन सावधान रहेर बोली र व्यवहार गर्नुहोला । अनावश्यक रुपमा डर लाग्न सक्छ, धैर्य राख्नु हितकर हुनेछ । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । मौनतालाई जोड दिएर समय गुजार्ने प्रयास गर्दा मनमा शान्ति मिल्नेछ । आरोग्यता रहनेछ । सन्तानसुख मिल्नेछ ।
मीन – मिश्रित फल दिने समय छ । केहीले सम्मान गर्नेछन् भने केहीले अनावश्यक डर देखाउन सक्छन् । धनलाभ हुने योग छ । राजनीतिमा भएका व्यक्तिको लागि प्रगतिको समय छ । प्रेमभाव बढ्नेछ भने आरोग्यता रहनेछ । शत्रुमाथि विजय प्राप्त होला । मित्रजनसँग सामान्य दूरी बढ्न सक्छ । रसरागमा आकर्षण वृद्धि होला ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो