इटहरी । २०७४ सालको निर्वाचनले कर्मचारीतन्त्रको अन्त्य गरेर इटहरी उपमहानगरपालिकामा पहिलो मेयर द्धारिकलाल चौधरीलाई दियो । चौधरीले इटहरी उपमहानगरपालिकाभित्र तिथि बसाल्न हरप्रयत्न नगरेका होइनन । उनको बोली र व्यवहारले साथ पाउन सकेनन र विवादै विवादमा उनको कार्यकाल सकियो । त्यसपछि उपमहानगरपालिकाले मेयरको रुपमा हेमकर्ण पौडेललाई पाएको छ । पौडेलले पनि इटहरी उपमहानगरपालिकालाई व्यवस्थित, मर्यादित बनाउँदै इटहरीका जनतालाई सर्वसुलभ ढंगबाट हिडडुल गर्ने र काम गर्न पाउने भन्दै विभिन्न कार्यक्रम अगाडि सारेका छन् । अहिले पछिल्लो उनको अभियान भनेको इटहरीबासीले धेरै अगाडिदेखि दुःख भोग्दै आएको विषय खोला, पैनीको पुरानो सिमाना कायम गर्ने नै थियो । त्यसका लागि प्रथम मेयर चौधरीले प्रयास नगरेका होइन तर गर्न दिएनन्, साथ पाएनन र बीचैमा तुहियो । अहिले पनि पौडेलले पटक पटक सूचना जारी गर्दा गर्दै अहिलेको अवस्थासम्म आइपुग्यो र बल्लतल्ला काम सुरु भएको छ । जनतासँग प्रत्यक्ष जोडिएको र इटहरीबासीलाई दुःख दिइरहेको विषयबाट मुक्ति दिलाउन स्थानीय, राष्ट्रिय तथा बाह्य स्रोत जुटाएर काममा लागेका छन् । यतिखेर इटहरी सरकार बाढीको दिर्घकालिन समाधानसहित खोला पैनीको आकार बदल्ने अभियानमा जुटेको छ ।
पौडेलले गएको असारमा ३५ दिने सूचना जारी गरेका थिए भने त्यस पटक पटक पटक १५ दिने र ७ दिने सूचनामार्फत खोला, पैनीमा बनेका संरचना आफै भत्काउन र नगरपालिकालाई बल प्रयोग गर्नुपर्ने वातावण नदिन आग्रह गर्दै आएका थिए तर कसैका कान ठाडा भएनन र अन्ततः अहिले अमिन, इन्जिनियरसहित दूई दर्जन प्राविधिकसहितको ठूलो जत्थालाई खोलामा हुलेर तालतलैया क्षेत्रबाट ट्याङ्ग्रा खोलाको क्षेत्राधिकारभित्र रहेका वअैध संरचना भत्काउने काम डोजरको प्रयोग भईरहेको छ । इटहरी उपमहानगरपालिकाको विशेष के छ भने जहाँ जे काम गरिन्छ त्यहाँ सोही समितिका प्रमुखसहितका कर्मचारी खटाउने प्रचलन रहेको छ । उक्त ट्याङ्ग्रा खोला सफाई अभियानमा पनि संयोजक तथा वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरी रहेका छन् । यसैगरी उक्त अभियानमा कुनै कानुनी अड्चन आएमा त्यस विषयमा कानुनी मामिला शाखाका कमल पोख्रेलले सहजकीरणको भूमिकामा छन् भने प्रशासनिक शाखाको तर्फबाट सञ्जीव खड्काले आवश्यक समन्वयको गर्दैछन् । ३६ जनाको नगर प्रहरीको पहराभित्र उपमहानगरका ३ स्काभेटर र २ वटा जेसिबीले टेग्राखोलाको क्षेत्राधिकार भित्र रहेका संरचना भत्काउने र सफा गर्ने काममा खटिएको सरसफाई संयोजक तथा वातावरण शाखा प्रमुख चौधरीले बताए । खोलाको पानी बग्ने भागको ३५ फिट क्षेत्रमा रहेका सम्पूर्ण संरचना हटाउने काम भईरहेको छ ।
अहिले वडा नम्बर ३ क्षेत्रमा सफाइको काम हुँदै छ । अब क्रमशः वडा न. २, ४ हुँदै मुख्य बजार क्षेत्रको टेङ्ग्रा पुलसम्म पुग्ने छ । यही गतिमा काम भए १५ देखी २० दिन भित्रमा टेङ्ग्रा पुलसम्म पुग्ने ठम्याई चौधरीको रहेको छ ।
सो अभियानमा भत्कने संरचनाको लेखाजोखाका निम्ति खोला पैनी र सार्वजनिक जनिम संरक्षण कार्यदल र सो कार्यदल अन्तर्गतका उपसमितिमा रहेका प्रधाविधिकहरु नापजाँचमा तल्लिनरत रहेका भेटिन्छन् । चौधरीले दिएको जानकारी अनुसार सो अभियानमा १० वटा नक्सा पास भएका घरसहित ७४ संरचना भत्कने तरखरमा छन् । त्यसमा २२ वटा आरसीसी भवन परेका छन् । त्यस्ता संरचनामा घर, सरकारी तथा सामुदायिक भवन, विद्यालय, चर्च, गाईबस्तुका गोठ,सुँगुर र बाख्राका खोर परेका छन् । बढी मात्रामा यस्तो समस्या देखिने वडामा ४ नम्बर वडा, ६ नम्बर वडा र ९ नम्बर वडा रहेको बुझिएको छ । खोला भित्रैबाट जग उठाएर भवन बनाएको समेत भेटिएको चौधरीले बताए ।
विश्व बैङ्कको सहयोगमा टेङ्ग्रा कोरिडोर निर्माणमा समेत यसैबेला उपमहानगर लागेको छ । इटहरीबासीले वर्षौदेखि भोग्दै आएको डुबानको समस्याको दीर्घकालीन रूपमा समाधान गर्नका लागि टेङ्ग्रा कोरिडोरको योजना अघि सारेको नगरप्रमुख हेमकर्ण पषैडेल बताउँछन् । ताल तलैयाको मुहान देखी दक्षिणी सीमा जोडिएको ठाउँ सम्म करिब ९ किलोमिटर क्षेत्रमा कोरिडोर निर्माण हुनेछ । कोरिडोर निर्माणको काम पनि सँगै सुरु गरिएको छ । कोरिडोर बनाउन साइड क्लियरेन्सको काम पनि सँगै हुँदै छ । एकै पटक दुवै कामसँगै भइरहेको उपमहानगरले जनाएको छ । पानी बग्ने खोलाको भागलाई ३५ फिट छुट्ट्याइएको छ । त्यहाँबाट दायाँ बायाँ २०र२० फिट थप कोरिडोरका लागि सफा गर्ने काम पनि हुँदै छ । कोरिडोरका लागि वाल लगाउने जेसिबी र स्काभेटरले खन्दै पनि आएको छ । विश्व बैङ्कको प्राविधिक सहितको टोलीले अनुगमन गरी आवश्यक लागत स्टीमेट गर्ने उपमहानगरले जनाएको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो