इटहरी । नेपाल आदीवासी जनजाती महासंघ उपमहानगर समन्वय परीसद इटहरीको आयोजनामा इटहरीमा ५ दिने उद्धघोषण तथा नेतृत्व विकास तालिम भइरहेको छ ।
कुनै पनि कार्यक्रमको स्वागत र समापन गर्दा रोचक प्रभावकारी ढङ्ग वाट गर्नको लागी उद्धघोषण सीक्नु पर्ने जसमा टि.भी. रेडियो लगायत टेक्नोलोजीकल अप्रत्यक्ष रुपमा गरीने उद्धघोषण भन्दा प्रत्यक्ष रुपमा दर्शक सामु गरीने उद्धघोषण अली गारो र महत्वपुर्ण हुने साथै यो हरेक क्षेत्र सभागोष्ठी,प्रवचन,अधिवेसन,राजनीती कोणसभा सवैमा आवस्यक हुनाले तालिममा उद्धघोषण अलि वढि सीकाइने प्रशिक्षक गोपाल देवानले जानकारी गराए ।
इटहरी उपमहानगरपालीकाको आर्थीक सहयोग तथा आदीवासी जनजाती युवा महासंघ नेपालको व्यवस्थापनमा भएको तालिममा इटहरीका ५० युवायुवतीहरुको सहभागीता रहेको र सहभागीहरुले एकदमै उर्जावान भएर दिलै वाट सीक्न चाहेको आदीवासी जनजाती युवा महासंघ इटहरीका अध्यक्ष रोसन श्रेष्ठले जानकारी गराए ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो